
भैरहवा, १८ जेठ । रुपन्देहीको रोहिणी गाउँपालिकाका विधार्थीहरुलाई साईकल तथा कक्षा ८ मा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको छ । गाउँपालिकाको कार्यालयले गाउँपालिका अध्यक्षसँग बालिका कार्यक्रम’ अन्तर्गत शुक्रबार विधार्थीहरुलाई साईकल वितरण तथा सम्मान गरिएको हो ।
रोहिणी–३ स्वामीनगर, धकधईस्थित श्री रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा अतिविपन्न तथा जेहेन्दार गरी ८५ जना विधार्थीलाई साईकल वितरण गरिएको रोहिणी गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मधु प्रसाद घिमिरेले बताए । उनले भने, ‘कार्यक्रममा कक्षा ८ गाउँपालिकाभरीमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको छ । हरेक विषयका दुईजना सर्वोत्कृष्ट शिक्षकहरुलाई सम्मान गरिएको छ ।’
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

कार्यक्रममा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले गाउँपालिकाको शैक्षिक गुणस्तर सुधारका निम्ति लागिपरेको बताए । उनले सडक, भवन बनाएर मात्र विकास नहुने भएकोले शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा गाउँपालिकाले प्राथमिकता दिएको बताए । अध्यक्ष यादवले भने, ‘चेतनाको विकास गर्न पनि जरुरी छ । सडक र ठूला भवन मात्र बनाएर हुँदैन । शिक्षा क्षेत्रलाई अगाडि बढाउन सामूहिक रुपमा अघि बढेका छौं ।’
गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताए । उनले आगामी दिनमा विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई पनि सम्मान गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘अभिभावकले आफ्ना बालबालिकाको निगरानी गर्नुपर्छ । ’
वडा नम्बर १ का वडाअध्यक्ष तथा गाउँपालिकाका सामाजिक विकास समिति संयोजक आबिद अली पठानले आगामी दिनमा यो कार्यक्रमलाई अझ प्रभावकारी रुपमा सञ्चालन गरिने बताए । वडा नम्बर २ का वडाअध्यक्ष करम हुसेन खाँले सर्वाेत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गर्दै आएको बताए । उनले साईकलले विद्यार्थीहरुको मनोबल बढाउने विश्वास व्यक्त गरे ।
गाउँपालिकाका शिक्षा समिति सदस्य तारानाथ त्रिपाठीले रोहिणी गाउँपालिकाले अत्यन्तै राम्रो काम गरेको बताए । उनले यस्ता कार्यक्रमले विद्यार्थी, शिक्षकमा उर्जा, जोस र जाँगर बढाउने विश्वास व्यक्त गरे । श्री छिपागढ माध्यमिक विद्यालयका शिक्षक अहमद अली अन्सारीले विद्यार्थीहरुको मिहिनेतको कारण शिक्षकले निधारमा रातो टीका लगाउन पाएको बताए । उनले आगामी दिनमा राम्रो नतिजा ल्याउन सके सम्मानको महत्व अझ बढ्ने बताए ।

