


पाल्पा, २६ जेठ । पाल्पाको तिनाउ खोलामा डुबेरमा भारतीय नागरिकको मृत्यु भएको छ । तिनाउ गाउँपालिका-३ झुम्सा स्थित तिनाउ खोलामा शनिबार नुहाउने क्रममा भारत उत्तर प्रदेश, कानपुरका ३५ वर्षीय फहिम अहमदको डुबेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा पाईएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले बताए ।
उनका अनुसार अहमद नुहाउने क्रममा डुबेर बेहोस भएपछि उनका साथीहरुले उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याउँदा उनको मृत्यु भईसकेको चिकित्सकले घोषणा गरेका छन् ।घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको पाल्पा प्रहरीले जनाएको छ ।

गर्मी छल्नका लागि भारतबाट पर्यटकहरु भैरहवा, बुटवल, पाल्पा, नुवाकोट लगायत स्थानका फनपार्क, स्विमंगपुल, नदी-खोला, डाँडाहरुमा पुग्ने गरेका छन् ।

