
भैरहवा, १ असार । लुम्बिनी प्रदेश सरकारले आगमी आर्थिक वर्ष २०८१/०८२ को लागि ३९ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको छ । शनिवार लुम्बिनी प्रदेश सभाको चौँथो अधिवेशनको तेह्रौँ बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले बजेट प्रस्तुत गर्दै ३८ अर्ब ९७ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।
चालु तर्फ ११ अर्ब २४ करोड २७ लाख ८४ हजार (२८ दशमलव ८७ प्रतिशत) र पुँजीगततर्फ २४ अर्ब ५८ करोड ५९ लाख (६३ दशमलव ०९ प्रतिशत) बजेट विनियोजन गरिएको छ । वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड १३ लाख १६ हजार रुपैयाँ (८ दशमलव ०६ प्रतिशत) अनुमान गरिएको छ ।
Advertisement

Advertisement
Advertisement

प्रदेश सरकारले चालु आ.व.को तुलनामा झण्डै डेढ अर्ब बजेट घटाएर आगमी आ.व.को लागि ल्याएको छ । संघीय सरकारले दिने अनुदान र राजश्व संकलनमा कमी कारण चालु आ.व.भन्दा अगामी आ.व.मा बजेट आकार केही घटेको उनले बताए । चालु आ.व.२०८०/०८१ को ४० अर्ब ४७ करोड ७ लाख रुपैयाा बजेट हो ।
लुम्बिनी सरकारले उच्च दिगो तथा फराकिलो आर्थिक वृद्धिदरमा जोड दिइने बताएको छ । त्यस्तै स्वास्थ्य सेवामा सहज पहुँच, गुणस्तरीय शिक्षा, भौतिक पूर्वाधारको परिमाण र गुणस्तर अभिवृद्धि गर्दै समृद्धिका सम्भाव्यता क्षेत्रहरु पहिचान गर्ने बताइएको छ । कृषि, पर्यटन विकासको प्रवद्र्धन गर्दै रोजगारीका अवसरहरु सृजना गर्ने स्वरोजगर बनाउने लक्ष्य रहेको मन्त्री आचार्यले बताए ।

