
काठमाण्डौं, ३ असार । नेपाली फिचर फिल्म ‘अ प्लेस अन्डर द सन’ मा समावेश गीत बाचुन्जेल जिन्दगी सार्वजनिक भएको छ । मोबाइल (आइफोनं १४ प्रो म्याक्स) बाट छांयांकन गरिएको उक्त चलचित्रको गीतमा राजीव थापाको स्वर र मिलन घलानको शब्द संगित रहेको छ ।
‘बाचुन्जेल जिन्दगी ओईरो र धोईरो, मरेपछि हो खरानी र कुईरो’ शिर्ष गितमा मिन घलान, मिरा गुरुङ, अंशु शर्मा, विप्लव गौली, प्रजन पौडेल, रिदन श्रेष्ठ, प्रवेश एम.सी. तोसित बताने, रुपेश पन्थी, सदन श्रेष्ठ र बसन्त लाको अभिनय रहेको छ । वन स्क्वाड फिल्म्सले निर्माण गरेको उक्त फिल्मको छायांकन गर्न फोनमा अतिरिक्त लेन्स प्रयोग गरिए पनि अन्य कुनै क्यामेरा भने प्रयोग नगरिएको निर्माण कम्पनीले जनाएको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

आईफोनबाटै फिल्म खिचिएको यो नेपालमा पहिलो रहेको निर्माण कम्पनीको दावी छ । १ घण्टा ४५ मिनेट लामो फिल्मका निर्देशक जेसन लोप्चन हुन् । टिमका अनुसार अमेजन प्राइम भिडियो, एप्पल टिभी, पिकक आदि ओटीटीमा फिल्म रिलिज हुने तय भइसकेको छ । क्राइम ड्रामा जनरामा निर्माण भएको यस चलचित्र आगामी जुन महिनामा रिलिज गरिने निर्माण पक्षले जनाएको छ ।

