


काठमाडौँ,५ असार । मुलुकको संघीय संसद भवनमा सुरक्षार्थका लागि खटाईएको नेपाल प्रहरीको जवान मृत अवस्थामा फेला परेका छन् ।
दोलखा मेलुङ गाउँपालिका-४ का प्रहरी जवान २२ वर्षीय अजित गोले आफुले लिएको हतियारले आफैलाई गोली हानेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए । संसद् भवनको पश्चिम तर्फ २ नम्बर गेटतिर रहेको शौचालयमा आफूले बोकेको ईन्सास राईफलद्वारा आफैलाई गोली हानेका हुन् । गोली निधारमा लागेको छ ।


प्रहरी प्रधान कार्यालयबाट खटाइएको स्पेशल टाक्स फोर्समा कार्यरत उनी २०७८ मा भर्ना भएका थिए ।घटनाका सम्बन्धमा अनुसन्धान भईरहको प्रहरीले जनाएको छ ।

