
कपिलवस्तु, १० असार। कपिलवस्तु प्रहरीले जिल्ला कारागारमा सुरुङ खनेर भागेका कैदीलाई पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयनको सिलसिलमा १४ वर्षअघि कारागारबाट सुरुङ खनेर भागेका भारत, सिद्धार्थनगर जिल्लाको चिलियाका स्कुल मिया अन्सारी उर्फ मोहम्मद स्कुललाई शिवराज नगरपालिका-७ चन्द्रौटाबाट पक्राउ गरिएको कपिलवस्तुका एसपी नवरत्न पौडेलले बताए ।
अदालतले डाँका मुद्दामा अन्सारीलाई छ वर्ष पाँच महिना नौ दिन कैद र चार लाख पचास हजार जरिवानाको फैसला गरेको थियो । फैसला पश्चात सजाए भुक्तानका लागि कारागार पठाइएका अन्सारी सहित आठ जना कैदीहरु ०६६ माघ २ गते कारगारमा सुरुङ खनेर फरार भएका थिए । कैदीहरुले कोठाबाट अढाई फिट गोलाई र २१ फिट लम्बाईको सुरुङ खनेर भागेका थिए ।
Advertisement

Advertisement
Advertisement

आठ जनामध्ये सात जना यस अघि नै पक्राउ परिसकेको र अन्सारीलाई हाल पक्राउ गरी कारागारमा बुझाइएको एसपी पौडेलले बताए ।

