Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » कोटहीमाईको मुहार फेर्न बनाइयो बहुउद्देशीय सडक, स्थानीय उत्साहित
    प्रमुख समाचार

    कोटहीमाईको मुहार फेर्न बनाइयो बहुउद्देशीय सडक, स्थानीय उत्साहित

    जनप्रतिनिधिको प्रयासले फेरिदैछ गाउँपालिको मुहार
    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ असार ११, मंगलवार ११:१० गते
    सडकको अनुगमन गर्दै गाउँपालिका अध्यक्ष बालकृष्ण तिवारी लगायत ।
    advertisement
    advertisement
    advertisement

    भैरहवा, ११ असार । रुपन्देहीको मर्चवार क्षेत्रमा बहुउद्देशीय सडक निर्माण हुदाँ स्थानीयहरु उत्साहित भएका छन् । ग्रामीण विकासको लक्ष्यमा अगाडी बढ्दै कोटहीमाई गाउँपालिकाले प्रदेश सरकारको सहयोगमा चार वटा वडा ३, ४, ५, र ७ लाई जोडेर नाला सहित चार किलोमिटर सडक बनाएपछि स्थानीयहरु उत्साहित भएका हुन् । चार वटा वडालाई जोडेर खेती क्षेत्रमा रहेको कुलो किनारबाट नयाँ सडक बनाइएको हो । यस योजनाले गाउँपालिकाको दीर्घकालिन विकास रणनीति र मुहार फेर्नमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास लिइएको छ ।

    निर्माण भएको सडकले पालिकाको दोस्रो मुख्य बजार परसहवासँग वडा नं. ४ कावासीहरुलाई सीधा रुपमा जोडेको छ । जसकारण स्थानीयहरुको परसहवा बजारसम्मको पहुँचलाई सहज बनाएको छ । ‘गाउँपालिकाले नाला सहितको सडक निर्माण गरिदिएपछि हामीलाई अस्पताल, विद्यालय, बजार लगायत स्थानमा जान धेरै सहज भएको छ’ कोटहीमाई–४ का स्थानीय रामबचन यादवले भने,‘अब हिउँद र वर्षायाममा पनि यात्रा गर्न सहज हुने र खेतहरु पनि डुबान पर्नबाट जोगिने छ ।’

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    नाला निर्माणले वडा नम्बर ३, ४, ५ र ७ का करिब एक हजार हेक्टर खेती डुबान हुन समस्यालाई कटफोरवा नालाको सफाईले समाधान हुने विश्वास लिइएको छ । नालामा पानी भण्डारण गर्न सक्ने गरी बनाइएको किसानहरुलाई खेतमा सिचाईँका लागि पनि सहजता हुने गाउँपालिकाका इन्जिनियर नवराज भण्डारीले बताए । कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार गौडले कोटहीमाई गाउँपालिका पूर्ण रुपले कृषिमै आधारित पालिका रहेकोले कृषि क्षेत्रमा प्राथमिकता दिइएको बताए । उनले भने–‘किसानको खेत सम्म कृषियन्त्र र किसानले उत्पादन गरेको सामान बजार सम्म पुग्न सके मात्र कृषि क्षेत्रको विकास हुने छ । सोही उद्देश्यले यो सडक र कुलोको निर्माण गरिएको हो ।’

    कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण तिवारीले बहुउद्देशीय सडकको निर्माणले पालिकावासीहरुको जीवनस्तरमा व्यापक सुधार ल्याउने अपेक्षा गरिएको बताए । ‘हामीले सो सडक निर्माणसँगै कृषि, व्यापार, स्वास्थ्य र शिक्षा क्षेत्रमा समेत सुधार ल्याउने लक्ष्य लिएका छौं’ उनले भने, ‘गाउँको विकासका लागि सिचाई र यातायातको सुविधा महत्वपूर्ण रहेको र यस सडकले ग्रामीण इलाकाका वासीहरुको दैनिक जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएका छौँ ।’

    सडकको मुख्य विशेषता यसको बहुउद्देशीय उपयोग हो । त्यहाँ एकतर्फ नाला, अर्कोतर्फ सडक बनाइएको छ । आगामी दिनमा सडकलाई ग्राभेल र तरपोलको व्यवस्थापन गरि नालाको अर्कोतर्फ पनि सडकको निर्माण गरिने अध्यक्ष त्रिपाठीले जानकारी दिए । निर्माणकार्यका क्रममा हरियाली संरक्षण तथा माटोको कटान नियन्त्रणमा विशेष ध्यान दिइएकोले ग्रामीण क्षेत्रको पर्यावरणीय सन्तुलनलाई कायम राख्न मद्दत पुगेको गाउँपालिकाले जनाएको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    कोटहीमाई गाउँपालिका सडक
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.