
कपिलवस्तु,१२ असार । कपिलवस्तुमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । जिल्लाको यशोधरा गाउँपालिका ८ भैसहियाका २२ वर्षीय महेश कलवार र बुद्धभूमि नगरपालिका वडा नम्बर १० धनकौलीका १८ वर्षीय राजु ठाकुरको चट्याङ लागेर मृत्यु भएको हो ।
बुधबार बिहान दुवै जनालाई घर नजिक खेतमा जाने क्रममा चटयाङ लागेको थियो । कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार चट्याङ लागेका दुबैजनाको घटनास्थलमै मृत्यु भएको हो ।
Advertisement

Advertisement
Advertisement

कमेन्ट गर्नुस्

