
डोल्पा, १६ असार । डोल्पाको चारवटा विद्यालयमा सेनेटरी प्याड भेन्डिङ्ग मेसिन उपलब्ध गराइएको छ । ठूलीभेरी नगरपालिकाद्धारा नगरको ४ वटा श्री आदर्श माध्यामिक विद्यालय, विद्यामन्दिर मा.वि., लक्ष्मी मा.वि. र सरस्वती मा. विद्यालयमा मेसिन उपलब्ध गराएको हो । ठूलाभेरीका नगर प्रमुख स्ववर्ण बुढा र निमित्ति प्रमुख प्रशासकीय अधिकृत सन्तोष खड्काले विद्यालयमा गएर मेसिनका साम्रगी उपलब्ध गराएका हुन् ।
महिनावारी भएको बेला विद्यालयका छात्राहरु तथा शिक्षिकाको सहजताका लागि मेसिन उपलब्ध गराइएको नगरपालिकाका निमित्ति प्रमुख प्रशासकीय अधिकृत सन्तोष खड्काले बताए । सेनेटरी प्याड मेसिन जडान भएपछि महिनावारी भएको बेला स्कुल छाड्नपर्ने छात्राहरुको बाध्यता हट्ने नगरपालिकाले विश्वास लिएको छ ।
Advertisement

Advertisement
Advertisement


