
भैरहवा, १६ असार। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ बढेको हो।
मूल्य बढेसँगै भलवारी, चारआली, विराटनगर, जनकपुर अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी र विरगंज वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ ५० पैसा कायम भएको छ । त्यस्तै सुर्खेत र दाङ वरपर प्रतिलिटर १६६, काठमाडौं, पोखरा, दिपायल वरपर प्रतिलिटर १६७ रुपैयाँ कायम भएको छ ।
Advertisement

Advertisement
Advertisement

त्यस्तै डिजल र मट्टीतेलमा काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १५७, सुर्खेत र दाङ वरपर १५६ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर १५४ रुपैयाँ ५० पैसा कायम भएको नेपाल आयलले निगमले जनाएको छ । हवाइ इन्धन र एलपी ग्यासको मूल्य यथावत छ। यो मूल्य आईतबार राति १२ बजेदेखि लागू हुनेछ ।


