Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » अझै वर्षाको सम्भवाना: रुपन्देही सहित देशका ३४ जिल्लामा ‘रेड अलर्ट’
    प्रमुख समाचार

    अझै वर्षाको सम्भवाना: रुपन्देही सहित देशका ३४ जिल्लामा ‘रेड अलर्ट’

    सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको अनुरोध
    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ असार १७, सोमबार १३:२१ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, १७ असार । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुन थप सक्रिय हुने सम्भावना रहेकोले सर्तकता अपनाउनका लागि अनुरोध छ । महाशाखाले विशेष बुलेटिन जारी गर्दै भारी वर्षाका कारण कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ३४ जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको छ । त्यस्तै कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिमका २६ जिल्लालाई मध्यम जोखिमको पूर्वानुमान गर्दै ‘डार्क यल्लो अलर्ट’ को सूचीमा राखेको छ । यस्तै बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिमका १७ जिल्लामा निम्न जोखिमको सम्भावना रहेको जनाएको छ ।

    कोशी प्रदेशको ‘रेड अलर्ट’ मा ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु र ओखलढुंगा जिल्ला परेका छन् । बागमती प्रदेशका मकवानपुर, चितवन, सिन्धुपाल्चोक र दोलखा रहेका छन् भने गण्डकी प्रदेशको म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व र लमजुङ जिल्ला रहेका छन् । त्यस्तै लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुम पूर्व जिल्लालाई ‘रेड अलर्ट’ को सूचीमा राखिएको छ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    हेर्नुस कुन जिल्ला कति जोखिममा ?

    विगत केही दिनदेखि मनसुन न्यून चापीय रेखाका कारण मनसुन सक्रिय हुन थालेको र केही दिन नेपालको दक्षिण भूभाग सिमाना आसपास रहने भन्दै महाशाखाले असार २० गतेसम्म सतर्कता अपनाउनका लागि विशेष बुलेटिन जारी गरी अनुरोध गरेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका असार १७ गते देखि असार २० गतेसम्म देशभर साधारणतया देखि पूर्णतया बदली रही देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ । कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा अधिक भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

    असार १७ गतेदेखि २० गतेसम्म भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम, शहरी तथा तराई क्षेत्रहरुमा डुबानको जोखिम, ठूला तथा साना नदीनाला एवं खोलाहरुमा पानीको सतह बढ्ने सम्भावना, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायात समेत प्रभावितको सम्भवाना रहेको बताइएको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा वर्षा
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.