
भैरहवा, २४ असार । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा भएको सवारी दुर्घटनामा भारतीय नागरिकको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा भारतको महाराजगंज जिल्लाको आदर्शनगरका ३० वर्षीय गोलु मधेसिया रहेका छन् ।
बुटवलबाट यूपी ५६ एबी ०४७७ नम्बरको मोटरसाइकलमा मधेसिया सहित सोही स्थानका १७ वर्षीय आदर्श मधेसिया र ८ वर्षीय न्यान्सी मधेसिया भैरहवातर्फ आउदै गर्दा तिलोतमा १५ स्थित कोटिहवामा मोटरसाइकल अनियन्त्रित हुदाँ सवारी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी एवं सूचना अधिकारी एवं मनोहरप्रसाद भट्टले जानकारी दिए ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

दुर्घटनामा घाइते भएका तीनजना मध्ये गोलुको क्रिमसन अस्पतालमा उपचारको क्रममा निधन भएको र अन्य दुई जनाको थप उपचारका लागि उनीहरुका आफन्तले भारत लागेको उनले बताए ।

