
काठमाण्डौँ, २५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकले महामन्त्री डा. मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ । मंगलबार पार्टी कार्यालयमा बसेको बैठकले अनुशासन समितिको प्रतिवेदनको आधारमा ढकाललाई पदबाट बर्खास्त गरेको हो ।
रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार बैठकमा प्रतिवेदनका बारेमा विस्तृत छलफल भएको र प्रतिवेदनको सिफारिस अनुसार पार्टीको विधान धारा ५६ उपधारा ३ बमोजिम पार्टीको साधारण सदस्य कायम राखि महामन्त्री, प्रवक्ता र केन्द्रीय समिति सदस्यबाट ढकाललाई पदमुक्त गर्ने निर्णय गरिएको हो । उनले केन्द्रीय समितिले गरेको निर्णय चित्त नबुझेमा ३५ दिनभित्र पुनरावदेनका लागि निवेदन दिन सक्ने व्यवस्था गरिएको जानकारी दिए ।
Advertisement

Advertisement
Advertisement


