
काठमाडौं, ६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीलाई विश्वास मत नदिन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । आइतबार बसेको रास्वपा संसदीय दलको बैठकले प्रधानमन्त्रीले प्रतिनिधिसभामा राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको हो ।
संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले सूचना जारी गरी विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका छन् । बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने र प्रतिपक्षमा बस्ने निर्णय भएको प्रमुख सचेतक परियारले बताए । प्रधानमन्त्री केपी ओलीले आइतबार विश्वासको मत लिँदैछन् । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी र राप्रपा विश्वासको मतको विपक्षमा उभिने भएका छन् ।
Advertisement

Advertisement
Advertisement



