
भैरहवा, ७ साउन । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नियुक्त गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयबाट जारी विज्ञप्तीमा उल्लेख छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । नेकपा एमाले संसदीय दलका उपनेता आचार्यले काँग्रेसको समर्थनमा बहुमत सदस्य संख्या ५६ सांसदको दस्तखतसहित प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दावी पेश गरेपछि प्रमुख शेरचनले आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा सरकार गठनको लागि ४४ मत आवश्यक पर्छ ।
Advertisement

Advertisement
Advertisement



