
भैरहवा, ९ साउन । सौर्य एयरलाइन्सको विमान दुर्घटनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बन्द भएपछि काठमाण्डौँ अवतरण गर्नका लागेका विमानहरुलाई भैरहवातर्फ डाइभर्ट गरिएको छ ।विमानस्थल बन्द भएको कारण भैरहवा देखि काठमाण्डौँ र धनगढी देखि काठमाण्डौँ आन्तिरक उडान भरेको श्री एयरलाइन्सको दुईवटा विमान भैरहवामा अवतरण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए ।
‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भएका कारण अवतरण गर्न नपाएका विमानहरु गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलतर्फ डाइभर्ट भई अवतरण भएका छन्’ उनले क्लिक लुम्बिनीसगँ भने, ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल खुल्ला छ र आवश्यक परे हामी अन्तर्राष्ट्रिय विमानहरु पनि अवतरणका लागि अनुमति दिने तयारी अवस्थामा छौँ ।
त्रिभुवन विमानस्थल बन्द हुदाँ उडान अवतरण प्रभावित भएका छ । अवतरण गर्न लागेको केही अन्तर्राष्ट्रिय विमानहरु भारतीय आकाशमा ‘होल्ड’ भएका छन् ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement


