Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » भैरहवामा बजार अनुगमन : माखनभोगको मिठाईमा किरा भेटियो, पवनमा भएन सरसफाई
    अर्थ

    भैरहवामा बजार अनुगमन : माखनभोगको मिठाईमा किरा भेटियो, पवनमा भएन सरसफाई

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ श्रावण ११, शुक्रबार १७:०९ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, ११ साउन । रुपन्देहीको भैरहवामा भएको बजारमा अनुगमनको क्रममा मिष्ठान क्षेत्रका प्रतिष्ठानहरुमा कैफियत भेटिएको छ । जिल्ला बजार अनुगमन समितिले गरेको अनुगमनमा माखनभोग स्वीट्सले उत्पादन गरेर राखेको मिठाई (रसबरी) मा स–साना किरा भेटिएको छ भने पवन मिष्ठान भण्डारमा लेबल नभएको पनिर बरामद भएको छ । साथै, दुवै प्रतिष्ठानमा सरसफाई समेत नरहेको अनुगमन समितिले पाएको छ ।

    माखनभोगमा अनुगमनको क्रममा दश किलो मिठाईमा किरा र चार बोतल म्याद ग्रुजिएको कोकाकोला ब्राण्डको पयेपदार्थ भेटिएपछि उक्त साम्रगीहरु नष्ट गरेर सचेत गराइएको रुपन्देहीका जिल्ला बजार अनुगमन समिति संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए । अखाद्य मिठाई विक्री गर्दा जनस्वास्थ्यमा पर्नसक्ने असरलाई मध्यनजर गर्दै मिठाई र पयेपदार्थ नष्ट गरिएको उनले बताए । उनका अनुसार स्वीट्सका संचालकलाई आगामी दिनमा खाद्यवस्तु उत्पादनमा विशेष ध्यान दिन र सरसफाई राख्न निर्देशन दिइएकोले पुनः अनुगमनमा सुधार नभएको पाइएमा कारवाही गरिनेछ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    त्यस्तै पवन मिष्ठान भण्डारमा अनुगमनको क्रममा लेबल नभएको साढे दुई किलो पनिर भेटिएपछि नष्ट गरिएको छ । यहाँ पनि सरसफाइमा विशेष ध्यान दिन अनुगमन समितिले निर्देशन दिदै सुधारका लागि सचेत गराएको छ । साँवरिया प्रिमियम स्वीट्समा खाद्य मापदण्ड पालना गरेको पाइएको संयोजक अर्यालले बताए । उनले बजार अनुगमनलाई निरन्तरता दिएको बताउँदै कानूनले बर्जित गतिविधि गरेको पाइएमा कारवाही गरिने बताए । प्रतिनिधिमूलक रुपमा तीन वटा मिष्ठानमा अनुगमन गरिएपनि आगामी दिनमा मिष्ठानका साथै अन्य क्षेत्रमा पनि अनुगमन गरिने उनको भनाई छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    अनुगमन पवन मिष्ठान भण्डार माखनभोग स्वीट्स
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.