
चितवन, १६ साउन। चितवनको भरतपुर महानगरपालिकामा सवारी दुर्घटना हुदाँ नेपाली सेनामा कार्यरत सिपाहीको मृत्यु भएको छ । साथै, दुर्घटनामा एक जना घाइते भएका छन् ।
महानगरपालिका-१ पोखरा बसपार्क स्थित मोटरसाइकल र कार ठोक्किँदा तनहुँ भानु नगरपालिका-१२ का २७ वर्षीय निगम नेपाली सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । उनी नेपाली सेनाको नम्बर २ विपद् व्यवस्थापन गण रसौलीमा सिपाही पदमा कार्यरत छन् ।
Advertisement

Advertisement
Advertisement

त्यस्तै सोही गणमा कार्यरत बन्दीपुर गाउँपालिका–३ का २६ वर्षीय दिनेश थापा गम्भीर घाइते भएका छन् । सवारी दुर्घटनामा दुवै सैनिक घाइते भएका थिए । चितवन मेडिकल कलेजमा उपचारको क्रममा निगमको मृत्यु भएको छ भने अर्का दिनेशको उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गएराति बसपार्कबाट रामनगरतर्फ गइरहेको कारले विपरीत दिशाबाट आइरहेका सैनिकहरु सवार मोटरसाइकललाई ठक्कर दिदाँ दुर्घटना भएको थियो ।

