
काठमाडौं, २१ साउन ।नेपालको स्थानीय बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। सोमबार प्रतितोला सुन १ लाख ५० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आइतबार दुई सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य बढे पनि चाँदीको भाउ भने स्थिर छ। सोमबार चाँदी प्रतितोला १ हजार सात सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला चाँदी सोही मूल्यमा खरिदबिक्री भएको थियो ।
Advertisement

Advertisement
Advertisement

कमेन्ट गर्नुस्

