
भैरहवा, २२ साउन। पछिल्लो केही दिनयता नेपालको स्थानीय बजारमा रेकर्ड तोड्दै उचाईमा पुगिरहेको सुनको मूल्यमा एकैदिन प्रतितोला दुई हजार तीन सय रुपैयाँले गिरावट आएको छ । सोमबार प्रतितोला १ लाख ५० हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार प्रतितोला १ लाख ४७ हजार ७ सय रुपैयाँ कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा ६० रुपैयाँ घटेको छ । मंगलबार प्रतितोला चाँदीको १ हजार सात सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Advertisement

Advertisement
Advertisement

कमेन्ट गर्नुस्

