Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » बंगलादेशमा आन्दोलन : रुपन्देहीको सीमामा ‘हाई अलर्ट’
    क्लिक लुम्बिनी विशेष

    बंगलादेशमा आन्दोलन : रुपन्देहीको सीमामा ‘हाई अलर्ट’

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ श्रावण २२, मंगलवार १६:२४ गते
    रुपन्देहीको बेलहियानाकामा भारतबाट आएका यात्रुहरुको सुरक्षाजाँच गर्दै प्रहरी । तस्विर : क्लिक लुम्बिनी
    advertisement
    advertisement
    advertisement

    सलमान खान
    भैरहवा, २२ साउन । बंगलादेशमा विकसित पछिल्लो घटनाक्रमलाई लिएर देशका विभिन्न सीमानाकासहित रुपन्देहीमा पनि उच्च सुरक्षा सतर्कता अपनाइएको छ । सोमबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षामा समितिको बैठकले नेपाल–भारत खुल्ला सीमाका कारण शरणार्थीहरु बढ्न सक्ने आंकलन गर्दै सीमानाकाहरुमा उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ । जस अनुसार रुपन्देहीका सीमाहरुमा पनि उच्च सुरक्षा सतर्कता अपनाइएको हो ।

    बंगलादेशमा विद्यार्थीहरुले आरक्षणको विषयलाई लिएर आन्दोलन चर्काएपछि करिब दुई दशक सत्ता चलाएकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी छिन् । आन्दोलनकारीहरुले हसिनाआवद्ध पार्टीका समर्थक, नेताहरुको घर तोडफोड, हत्या, आगाजनी जस्ता क्रियाकलाप गरेकोले हसिना समर्थक र रोहिंग्या शरणार्थी सुरक्षित स्थानको खोजीमा भारत हुदै नेपाल आउन सक्ने सुरक्षा निकायहरुको विश्लेषण छ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    जसलाई रोक्नका लागि नेपाल–भारतमा सीमामा कडाई गर्नुपर्ने सुरक्षा निकायका प्रमुखहरुले बैठकमा सुझाव राखेपछि गृहले सीमामा सतर्कता अपनाउन सीमावर्ती जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको हो । बैठकमा गृहसचिव एकनारायण अर्याल, नेपाली सेनाका रथि अशोक सिग्देल, सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्याल, नेपाल प्रहरीका आईजीपी बसन्त कुवँर र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहभागी थिए ।

    बंगलादेशमा विकसित पछिल्लो घटनाक्रमलाई लिएर निर्देशअनुसार सीमामा उच्च सुरक्षा सतर्कता अपनाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सीडिओ) गणेश अर्यालले जानकारी दिए । ‘अन्तर्राष्ट्रिय सीमानाकामा भइरहेको गतिविधी र सीमाबाट आवतजावत गर्ने नेपाली र विदेशी नागरिकहरुलाई निगरानीमा राखिएको छ’ सीडिओ अर्याललले क्लिक लुम्बिनीसगँ भने,‘सीामाबाट आवतजावत गर्ने व्यक्तिहरुको कडाईका साथ जाँच समेत गरिरहेका छौँ ।’

    सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको टोलीहरु खटाइएको छ । राष्ट्रिय अनुसन्धान विभागले सीमाको गतिविधि नजिकबाट नियालिरहेको छ भने सशसत्र र नेपाल प्रहरीले पनि सूचनाका साथै चेकजाँचमा कडाई गरेका छन् । नेपाली सेनाले पनि आफ्नै तवरले सीमासगँ सम्बन्धित गतिविधीका सूचनाहरु संकलन गर्ने गरेको छ ।

    ‘केन्द्रीय सुरक्षामा समितिको बैठकमा भारतबाट हुन सक्ने अनधिकृत घुसपैठ रोक्नका लागि सीमामा कडाई गर्नुपर्ने निश्कर्ष निस्किएपछि सोही अनुसार सोमबार साँझ गृहले सीमावर्ती जिल्लाहरुमा कडाईका लागि परिपत्र गरेको थियो’, एक अधिकारीले क्लिक लुम्बिनीसगँ भने, ‘जस अनुसार अहिले सीमामा थप कडाईका साथ उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।’

    गृहले नाकामा सुरक्षा सतर्कता अपनाउनका लागि परिपत्र गरेपछि जिल्ला सुरक्षा समिति रुपन्देहीको बैठक बसेको थियो । बैठकले परिपत्रलाई तत्काल कार्यान्वयनमा लैजान गरी आन्तिरक रणनीति बनाएर सीमामा सुरक्षा सतर्कता अपनाएको छ । ‘आज (मंगलबार) बिहानबाट कडाईका साथ जाँच गर्ने निर्देशन आएपछि सोही अनुसार खटिएका छौँ’, सीमा सुरक्षामा खटिएका एक सुरक्षाकर्मीले भने, ‘विदेशी नागरिकको ‘मुभमेन्ट’लाई नजिकबाट नियाल्दैछौँ । अहिलेसम्म शंकास्पद गतिविधी भएको पाइएको छैन ।’

    सीमा सुरक्षाको दृष्टिकोणलाई मध्यनजर गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अर्याललेको पहलमा केही समय अघि मात्रै रुपन्देहीको बेलहिया र कर्करहवा नाकामा ‘वाक थ्रु’ प्रविधि जडान भएपछि सीमा सुरक्षाका लागि केही सहजता भएको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    नेपाल प्रहरी बंगलादेश सशस्त्र प्रहरी सीमा सुरक्षा
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.