
काठमाडौँ, २५ साउन । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न लागेको श्री एयरलाइन्सको विमानमा रहेका यात्रुहरुबीच होहल्ला भएपछि विमानलाई धावनमार्गबाट फर्काइएको छ ।
श्री एयरलाइन्सका बजार प्रबन्धक अनिल मानन्धरका अनुसार शुक्रवार बिहान साढे ७ बजे काठमाण्डौँँबाट सुर्खेतका लागि उडानको क्रममा विमानमा रहेका यात्रुहरुबीच होहल्ला भएपछि विमानलाई धावनमार्गबाट पार्किङमा फर्काइएको हो ।
Advertisement

Advertisement
Advertisement

विमानमा रहेका यात्रुबीच होहल्ला भएमा अन्तर्राष्ट्रिय नियमअनुसार ग्राउण्ड भए फर्काउने र आकाशमा भए आकस्मिक अवतरण गराइन्छ । यात्रुका कारण उडान सुरक्षामा कुनै खतरामा नहोस् भनेर यसो गर्ने गरिन्छ । विमान पार्किङमा फर्काएर होहल्ला गरेका यात्रुहरुबीच मिलापत्र गराएर पुनः उक्त विमान सुर्खेत उडाइएको उनले जानकारी दिए ।

