
काठमाडौं, ३१ साउन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जबरजस्ती करणी र मानव बेचबिखन ओसारपसार मुद्दाका फरार प्रतिवादीलाई काठमाडौंको अनामनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेका ३४ वर्षीय पारस उर्फ दीपक कुमार बस्नेत रहेको प्रहरीले जनाएको छ ।
०८० मंसिर ५ गते उच्च अदालत विराटनगरले उक्त मुद्दामा बस्नेतलाई १२ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । प्रहरीका अनुसार पक्राउ परेका बस्नेतले ०७६ मंसिर २१ गते एक युवतीलाई विवाह गर्न नमाने दुरुत्साहनामा फसाइदिने भन्दै धम्की र डर देखाउँदै पटक पटक बलात्कार गरेका थिए ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

विवाहपश्चात बेचबिखन गर्ने उदेश्यले भारततर्फ लैजाँदै गरेको अवस्थामा १९ पुस २०७६ मा उक्त युवतीको मोरङको सीमानाकाबाट उद्दार गरिएको थियो ।

