


Get the latest creative news from FooBar about art, design and business.



भैरहवा, ४ माघ ।नेपाल प्रहरीले करिब डेढ दर्जन जिल्लाका प्रहरी उपरीक्षक (एसपी) को सरुवा तयारी थालेको छ । रुपन्देही, पर्सा, चितवन, धादिङ, महोत्तरी, सिरहा, झापा, चितवन, तनहुँ, स्याङजा, बर्दिया लगायत जिल्लाका एसपीको एक वर्ष अवधी पुगिसकेको छ । समान्यतया नेपाल प्रहरीका जिल्ला प्रमुखहरुको एक वर्षमा सुरुवा हुने गर्दछन् । प्रहरी प्रधान कार्यालयले यीनै जिल्लाका प्रमुखहरुको सरुवा तयारी थालेको हो । सरुवा तयारी थालेसँगै आर्कषक जिल्लाका इन्चार्ज जानका लागि एसपीहरुको दौडधु्प सुरु भएको छ । प्रहरीमा रुपन्देही, पर्सा, झापा, चितवन लगायतका जिल्ला आर्कषक र महत्वपूर्ण मानिन्छन् । र, यीनै महत्वपूर्ण जिल्लाको इन्चार्जका लागि एसपीहरुको लागिपरेका छन् । पर्साको एसपीका लागि कुमोध…
काठमाडौं । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएका सफलराज कुँवर पक्राउ परेका छन् । इन्टरपोल मकाउको सहयोगमा त्यहाँबाट पक्राउ गरेर उनलाई काठमाडौं ल्याएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ । उनले विभिन्न व्यक्तिहरुलाई मकाउ लैजान्छु भनेर ठगी गरेको आरोप छ । ११ जनाले दिएको् जाहेरीका आधारमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । उनी फरार रहँदै आएका थिए । कुँवरलाई प्रहरीले अदालतमा बुझाउने तयारी गरेको छ ।
भैरहवा, १२ पुस । सिद्धबाबा सुरुङमार्गको निर्माण कार्यलाई निर्वाध रुपमा अगाडी बढाउन तथा सम्भावित निर्माणजन्य जोखिम हटाउनका लागि रातिको समयमा सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्ड बन्द गरिने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको संयोजकत्वमा बिहिवार बसेको सरोकारवालाहरुको बैठकले सिद्धबाबा सुरुङमार्गको आयोजना कार्यालयको अनुरोध र जिल्ला प्रशासन कार्यालय पाल्पाको निर्णय समेतको आधारमा पुस १६ गते देखि (राति १० बजे देखि बिहान ४ बजेसम्म) एक सय दिनसम्म अत्यवाश्यक सवारी साधन (दमकल, एम्बुलेन्स, शववाहन, विपद्का साधन) बाहेक सवारी साधन बन्द गर्ने निर्णय गरेको हो । माघे संक्रान्ति पर्वका लागि पुस २९ र माघ १ गतेका लागि पूर्ववत…
११ पौष, भैरहवा । भैरहवामा रहेको फ्यूचर लाईट हाई स्कूलमा कोरियन पाठ्यक्रम पढाईने भएको छ । नेपाल सरकारबाट स्विकृत पाठ्यक्रम अनुसार आगामी शैक्षिक सत्र देखि बिद्यालयमै कक्षा ९ देखि कोरियन भाषा सहितको पाठ्यक्रम सुरु गरिने बिद्यालयका सञ्चालकले जानकारी दिएका छन् । बुधबार बिद्यालयमा आयोजित एक कार्यक्रममा दक्षिण कोरियाको दूतावासले बिद्यालयलाई पाठ्यक्रममा आधारित कक्षा ९ को पुस्तकहरु हस्तान्तरण गरेको छ । नेपालमै पहिलो पटक पाईलट प्रोजेक्टको रुपमा रुपन्देहीको फ्यूचर लाईट हाई स्कूलबाट बिद्यालय स्तरमै कोरियन पाठ्यक्रम सुरु गरिएको हो । बिद्यालयका सञ्चालक गम्भिर गुरुङ्गले कक्षा १२ सम्मको अध्यापन क्रमश आफ्नै बिद्यालयबाट गराईने जानकारी दिए । यसले बिद्यार्थीहरुलाई भविष्यमा कोरिया अध्ययनको लागि…
१२ पौष, भैरहवा । तमु (गुरुङ्ग) को पर्व तमु ल्होसार – २६०७ औं को अवसरमा तमु ह्युल छोंज धी गुरुङ्ग राष्ट्रिय परिषद शान्तिनगर इकाइले बिभिन्न कार्यक्रम गरि मनाउने भएको छ । परिषदले बिहिबार शान्ति बुद्ध गुम्बा, भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रमहरुबारे जानकारी गराएको छ । गिद्ध वर्ग (ल्हो) माई स्वागत तथा विरालो वर्ग लाई विदाई कार्यक्रम ल्होसार-२६०७ अन्तर्गत मंसिर २६ गते देखि पुस ७ गते सम्म स्वोरा कार्यक्रम सम्पन्न गरेको परिषदका अध्यक्ष मोहन सिङ गुरुङ्ले बताए । सो क्रममा ९ लाख बढि सहयोग जम्मा भएको उनले जानकारी दिए । यस्तै बुधबार मात्रै परिषदके भैरहवाको देवकोटा चोकमा सरसफाइ कार्यक्रम सम्पन्न…
११ पुष, नवलपरासी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार हजार घुससहित अमिनलाई नियन्त्रणमा लिएको छ । अख्तियारले बुधबार नापी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अमिन गोविन्द ढकाललाई चार हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो । उक्त रकमसहित कार्यकक्षबाट उनलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
११ पुस, बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको नगर सभाको १४ औं अधिवेशन सुरु भएको छ । बुधबार शुरु भएको अधिवेशनको पहिलो बैठकमा नगरप्रमुख खेलराज पाण्डेयले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा पेश गर्दै बुटवललाई सफा, सुन्दर, हरियाली र उज्यालो शहर बनाउनका लागि योजनाहरु अगाडि बढेको बताए । प्रमुख पाण्डेयले चालु आर्थिक वर्षमा मोतीपुर र बेलबासमा १५–१५ बेडका अक्सिजन सुविधासहितका दुईवटा अस्पताल सञ्चालनमा ल्याउने, आम्दा अस्पतालको स्तरोन्नति गर्ने र पारा मेडिकल तथा नर्सिङ विषयको कक्षा सञ्चालन हुने बताए । उनले अस्पताल स्थापना र स्तरवृद्धिले स्वास्थ्य उपचारलाई स्तरीय बनाउने र सोही ठाउँमा आवश्यक जनशक्ति उत्पादन गर्दा रोजगारी सिर्जना हुने बताए । सिद्धार्थ बाल…
११ पुस, भैरहवा । तमु ह्यूल छोंज धी गुरुङ्ग राष्ट्रिय परिषद् शान्तिनगर इकाई सिद्धार्थनगर, भैरहवाले सरसफाई कार्यक्रम गरेको छ । तमु ल्होसारको अवसर पारेर त्यसको पूर्व संध्यामा भैरहवास्थित देवकोटाचोकमा बुधबार बिहान सरसफाई कार्यक्रम गरिएको अध्यक्ष मोहन सिंह गुरुङले बताए । बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवाको मुख्य चोक देवकोटाचोकमा सरसफाई गरिएको गुरुङले बताए । उनले भने, ‘पर्यटकीय हिसाबले यो स्थान महत्वपूर्ण छ । यसलाई राम्रो, सफा र हराभरा बनाउनुपर्छ । ’ यस वर्ष पनि भव्य रुपमा ल्होसार पर्व मनाइने उनले बताए । कार्यक्रममा सिद्धार्थनगर नगरपालिका–१२ का वडाअध्यक्ष कुमार गुरुङ, तमु ह्यूल छोंज धी गुरुङ्ग राष्ट्रिय परिषद् शान्तिनगर इकाई सिद्धार्थनगरका सदस्यहरुलगायतको उपस्थिति…
११ पुस, भैरहवा । अंग्रेजी नयाँ वर्ष–२०२४ को अवसरमा लुम्बिनी प्रदेशस्तरीय साँस्कृतिक तथा दशौं सडक खाना महोत्सव (फूड फेष्टिभल) –२०८० हुने भएको छ । लुम्बिनी होटल संघ, नेपाल (लान) को आयोजनामा ३१ डिसेम्बर (पुस १५) को दिन बुद्ध जन्मस्थल लुम्बिनीमा महोत्सव हुने भएको हो । आयोजकले बुधबार लुम्बिनीमा पत्रकार सम्मेलन गरी महोत्सव बारे जानकारी गराएका छन् । स्थानीय खानपिनका परिकारहरूका साथै लुम्बिनीमा रहेका अन्तर्राष्ट्रिय बिहारहरुको सहयोगमा चीन, जापान, कोरिया, भियतनाम, क्याम्बोडिया, म्यानमार, श्रीलंका लगायत देशका परिकारहरु महोत्सवमा उपलब्ध गराइने प्रयासमा रहेको आयोजकले जनाएका छन् । यस वर्षदेखि महोत्सवलाई प्रदेशस्तरीय महोत्सवको रुपमा मनाउन लागिएको लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले बताए…