


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,१८ कात्तिक। सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद बैठकले आईजीपी दानबहादुर कार्कीलाई पदबाट हटाएर एआईजी केसीलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो । केसी हाल नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुख छन्। गत वर्ष कात्तिक २४ मा सुशीला कार्की नेतृत्वको सरकारले कार्कीलाई आइजीपीमा नियुक्त गरेको थियो। उनले कात्तिक २६ गतेबाट जिम्मेवारी सम्हालेका थिए। कार्कीलाई पदबाट हटाउनु कारण भने सरकारले खुलाएको छैन। ३४औँ आईजीपीमा नियुक्त भएका केसीलाई बुधबार साँझ दर्ज्यानी चिन्ह प्रदान गरिने बताइएको छ।
भैरहवा,१८ कात्तिक। । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा राजस्व संकलन लक्ष्यभन्दा बढी गरेको छ। साउनदेखि असोज मसान्तसम्म कार्यालयले ३३ अर्ब ३४ करोड २० लाख रुपैयाँ राजस्व संकलन गरेको हो। यो निर्धारित लक्ष्यभन्दा ४ अर्ब ६ करोड २० लाख रुपैयाँ बढी हो। सरकारले चालु आर्थिक वर्षको पहिलो तीन महिनाका लागि २९ अर्ब २८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। कार्यालयले लक्ष्यको ११३.८६ प्रतिशत राजस्व संकलन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने २७ अर्ब ७५ करोड ५३ लाख रुपैयाँ राजस्व उठेको थियो। भैरहवा भन्सार कार्यालयको तथ्यांकअनुसार, असोज महिनामा सबैभन्दा बढी १३ अर्ब ८८ करोड रुपैयाँ…
काठमाडौं,१८ कात्तिक। नेपाल राष्ट्र बैंकले तिहारको धनतेरस पर्वलाई लक्षित गर्दै बिहीबारदेखि सुन तथा चाँदीका सिक्का बिक्री गर्ने भएको छ। यस वर्ष राष्ट्र बैंकले चाँदीका सिक्का (मेडालियन)सँगै सुनका सिक्का (असर्फी) समेत बिक्रीमा ल्याउन लागेको हो। यसअघि लगातार दुई वर्ष चाँदीका सिक्का मात्र बिक्री गर्दै आएको राष्ट्र बैंकले यसपटक सुनका असर्फी पनि उपलब्ध गराउन लागेको छ। बैंकले जारी गरेको सूचना अनुसार, कात्तिक १९ र २० गते प्रति व्यक्ति २.५ ग्रामको सुनको असर्फीे एक थान तथा १० ग्रामको चाँदीका मेडालियन (लक्ष्मी र गणेश अंकित) १/१ थानका दरले (बढीमा दुई थान मात्र) विक्री गरिनेछ। राष्ट्र बैंकले दशैँअघि नै वाणिज्य बैंकहरुबाट ३५ किलो सुन खरिद…
भैरहवा,१७ कात्तिक । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले रुपन्देहीको मर्चवार क्षेत्रमा तीन दिने निःशुल्क मेगा स्वास्थ्य शिविर संचालन गर्ने भएको छ। रोटरी क्लब अफ पोखरा फिस्टेल र रोटरी ई–क्लब अफ मेडिको फ्युजनको सहआयोजना कोटहीमाई गाउँपालिका-५ मझगाँवास्थित मर्चवार आदर्श बहुमुखी क्याम्पस परिसरमा कात्तिक १८ गतेदेखि २० गतेसम्म संचालन हुने उक्त शिविरमार्फत करिब २ हजार सर्वसाधरणलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ। मंगलबार क्लबले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष गंगाधर भण्डारीले स्वास्थ्य शिविर सञ्चालन गर्नु मात्र नभई ग्रामीण तथा आर्थिक रुपमा कमजोर समुदायका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुर्याउनु अभियानको मुख्य उद्देश्य रहेको बताए। उनका अनुसार, शिविरमा…
भैरहवा, १७ कात्तिक। रुपन्देहीको मर्चवारीमाई गाउँपालिकाको कार्यालयले पालिका क्षेत्रभित्र सञ्चालनमा रहेका मिठाई व्यवसायीलाई बिक्रीका लागि राखिएका मिठाईको विवरण अनिवार्य रुपमा देखिने गरी राख्न निर्देशन दिएको छ। गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै मिठाईको गुणस्तर, स्वच्छता तथा उपभोक्ताको हित संरक्षणका लागि बिक्री काउन्टर वा मिठाई राख्ने सोकेसमा आवश्यक विवरण स्पष्ट रुपमा उल्लेख गर्न निर्देशन दिएको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवाको पत्रअनुसार गाउँपालिकाले मिठाईको नाम, प्रयोग गरिएका मुख्य सामग्री तथा मिश्रण, प्रयोग गरिएको तेल/घिउको प्रकार र नाम, उपभोग गर्नुपर्ने मिति र प्रतिकिलो मूल्य अनिवार्य रुपमा राख्न निर्देशन दिएको छ। गाउँपालिकाले खाद्य पदार्थको स्वच्छता र गुणस्तर कायम गर्नु सम्बन्धित व्यवसायीको…
दाङ,१७ कात्तिक। लुम्बिनी प्रदेश सरकारले दृष्टिविहिनता तथा दृष्टिदोषको समस्या न्यूनीकरण गर्न आँखा स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै लगानी र उपचारको पहुँच विस्तार गर्ने भएको छ। मंगलबार लमहीमा नेपाल नेत्रज्योति संघले आयोजना गरेको अनुसन्धान प्रतिवेदन सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले सबै नागरिकलाई सहज रुपमा आँखा उपचार सेवा उपलब्ध गराउन प्रदेश सरकारले योजनाबद्ध रुपमा काम गर्ने बताए। उनले संघले तयार पारेको पाँच वर्षे रणनीतिक योजनालाई प्राथमिकताका साथ कार्यान्वयनमा लैजाने प्रतिबद्धता पनि जनाए। संघले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार, लुम्बिनी प्रदेशमा ५० वर्ष वा सोभन्दा माथिका १३ हजार ९४ जना व्यक्ति दृष्टिविहीनताबाट प्रभावित छन्। त्यस्तै, दृश्य तीक्ष्णता का आधारमा ६र१२ भन्दा कम दृष्टि भएका व्यक्तिको…
लुम्बिनी,१७ कात्तिक। सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउँदै सीमामा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न नेपाल र भारतका सीमा सुरक्षा अधिकारीबीच छलफल भएको छ। लुम्बिनीमा सम्पन्न सशस्त्र प्रहरी बल, नेपाल र भारतीय सशस्त्र सीमा बल (एसएसबी) बीचको दशौँ डीआईजीस्तरीय समन्वयात्मक बैठकमा सीमा सुरक्षा, अवैध चोरीनिकासी तथा पैठारी नियन्त्रण र सीमा अपराध न्यूनीकरणका विषयमा छलफल भएको हो। बैठकमा सशस्त्र प्रहरी बल, नेपाल नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति डीआईजी दीपक अधिकारी र भारतीय सशस्त्र सीमा बल, सेक्टर हेडक्वार्टर लखीमपुर खिरीका डीआईजी बी. विक्रमनले आ-आफ्नो टोलीको नेतृत्व गरेका थिए। बैठकमा मानव बेचबिखन, नक्कली मुद्रा कारोबार, लागूऔषध ओसारपसार, तेस्रो मुलुकका नागरिकको गैरकानुनी प्रवेश…
भैरहवा,१७ कात्तिक। रुपन्देहीको कोटहीमाई गाउँपालिकामा महिलाको हत्या प्रकरणमा अनुसन्धानका लागि प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा कोटहीमाई गाउँपालिका–६, खजनी चोकका ४० वर्षीय बैजनाथ यादव, खजनी चोककै ३० वर्षीय प्रमोद कुमार कुर्मी, बोगडीका २६ वर्षीय मन्जे हरिजन, मर्चवारीका ३५ वर्षीय धर्मराज यादव रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। पक्राउ परेका सबै आरोपी कोटहीमाई गाउँपालिका–६ का हुन् । गत कात्तिक १२ गते कोटहीमाई गाउँपालिका–६ र ७ को बीचमा रहेको धान खेतमा कोटहीमाई गाउँपालिका–५, छोटकी मझगाँवाको ४१ वर्षीया जोबेदा खातुन धोबीको शव बरामद भएको थियो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसन्धान अधिकृत एंव प्रहरी निरीक्षक चन्द्र किशोर शाहका अनुसार, महिलाको टाउकोमा…
दाङ,१७ कात्तिक। दाङ प्रहरीले विभिन्न सामुदायिक वन तथा झाडीमा लुकाएर राखिएको १४ नाल भरुवा बन्दुक बरामद गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङ मातहतका विभिन्न प्रहरी युनिटबाट खटिएको प्रहरी टोलीले १३ नाल साबुत र १ नाल बेसाबुत गरी १४ नाल भरुवा बन्दुक बरामद गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले दाङले जनाएको छ। प्रहरीका अनुसार, बरामद गरिएका बन्दुकहरु थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दाङमा ल्याएर घटनाबारे थप अनुसन्धान भइरहेको छ।
काठमाडौं,१६ कात्तिक। नेपाल आयल निगमले विभिन्न नाम र ब्रान्डमा सञ्चालन हुँदै आएका खाना पकाउने एलपी ग्यास उद्योगलाई एकीकृत गर्ने प्रक्रिया अघि बढाएको छ। ग्यासको बिक्री वितरणलाई व्यवस्थित, सहज र प्रभावकारी बनाउने उद्देश्यले निगमले उद्योगहरुबीच एकीकरणको पहल थालेको हो। निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार ग्यास वितरण प्रणालीमा सुधार ल्याउन उद्योगहरुलाई आपसमा गाभ्ने नीति अघि सारिएको हो। यसका लागि निगमले देशभर सञ्चालनमा रहेका सम्बन्धित ग्यास उद्योगलाई पत्राचार गर्दै एकीकरणको कार्ययोजना तयार गरी आवश्यक प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ। निगमको यो कदम कार्यान्वयनमा आए विभिन्न नाम र ब्रान्डमा सञ्चालित ग्यास उद्योगहरु एकीकृत हुनेछन्। यसबाट ग्यासको आपूर्ति तथा वितरण व्यवस्थापन थप व्यवस्थित हुने…