


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,१४ साउन। सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लाग्दै आएको समता शुल्क पूर्ण रुपमा खारेज गरेको छ। नेपाल राजपत्रमा आज सूचना प्रकाशित गर्दै सरकारले आर्थिक ऐन, २०८३ को दफा १८ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी शिक्षा र स्वास्थ्य समता शुल्क खारेज गरेको हो । राजपत्रमा प्रकाशित सूचनाअनुसार, आर्थिक ऐन, २०८३ को दफा १६ बमोजिम लगाइएको शिक्षा समता शुल्क तथा दफा १७ बमोजिम लगाइएको स्वास्थ्य समता शुल्कमा पूर्ण छुट दिइएको छ। यससँगै हालसम्म शिक्षा वा स्वास्थ्य समता शुल्कका रुपमा असुल गरिएको रकम सम्बन्धित निकाय वा व्यक्तिले भुक्तानीकर्तालाई १५ दिनभित्र अनिवार्य रुपमा फिर्ता गर्नुपर्नेछ। तोकिएको अवधिभित्र रकम फिर्ता गर्न सम्भव…
काठमाडौं,१४ साउन। राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबैमा अपिल गरेका छन्। शुक्रबार जारी अपिलमा राष्ट्रपति पौडेलले वर्तमान परिस्थितिमा सबै नागरिकलाई आपसी सद्भाव, मित्रता, सहिष्णुता र एकतालाई थप सुदृढ बनाउन आग्रह गरेका छन्। साथै, घटनापछि उत्पन्न विषम अवस्था चाँडै सामान्य हुने र शान्ति–सुरक्षा तथा जनजीवन पूर्ववत् अवस्थामा फर्काउन सरकारले आवश्यक पहल गरिरहेको विश्वास व्यक्त गरेका छन्। राष्ट्रपतिले सामाजिक, धार्मिक तथा जातीय सद्भाव, मेलमिलाप र भ्रातृत्व नेपाली समाजको पहिचान र परम्परा भएको उल्लेख गर्दै यसलाई कायम राख्दै राष्ट्रिय एकतालाई अझ मजबुत बनाउन सबै राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम तथा सम्पूर्ण…
काठमाडौं,१४ साउन। यातायात व्यवस्था विभागले करिब साढे २७ लाख थान सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ सकिएको जनाएको छ। विभागद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार, असार मसान्तसम्म छपाइ हुन बाँकी रहेका सबै लाइसेन्स कार्ड छपाइ सकिएको हो । कुल २७ लाख ४७ हजार २५३ थान लाइसेन्स कार्ड सम्बन्धित यातायात कार्यालयमा हुलाकमार्फत वितरणका लागि पठाइसकिएको विभागले जनाएको छ। विभागले २०८२ कात्तिक १२ गते सुरक्षण मुद्रण केन्द्रसँग भएको सम्झौतापछि लाइसेन्स छपाइ कार्यले तीव्रता पाएको जनाएको छ। यद्यपि, म्याद सकिन एक वर्षभन्दा कम अवधि बाँकी रहेका लाइसेन्स भने हाल छापिएको छैन। विभागका अनुसार, यस्ता लाइसेन्स नवीकरण गरेपछि १० वर्षका लागि नयाँ लाइसेन्स जारी हुने भएकाले…
काठमाडौं,१४ साउन। सरकारले २३ जना सहसचिवहरुको सरुवा गरेको छ। मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले २३ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव वा सो सरह) का कर्मचारीहरुको सरुवा तथा कामकाजमा खटाएको हो। मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय, आयोग, नियोग र प्रदेश सचिवका रुपमा कार्यरत सहसचिवहरुलाई नयाँ जिम्मेवारी तोकेको हो। को-कहाँ पुगे ? हेर्नुहोस् सूची :
काठमाडौं,१४ सउन। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसका आधारमा प्रमुख निर्वाचन आयुक्त र दुई जना निर्वाचन आयुक्त नियुक्त गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार, नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरिएको हो। यस्तै, गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बालाई निर्वाचन आयुक्त पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जनाएका छन्। यसअघि बुधबार बसेको संसदीय सार्वजनिक सुनुवाइ समितिको बैठकले तीनै जनाको नाम सर्वसम्मतले अनुमोदन गरेको थियो।
दाङ, १४ साउन। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता दिइने भएको छ। एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच सत्ता सहकार्यको सहमति भएपछि मुख्यमन्त्री परिवर्तनको चर्चाका बीच आचार्यलाई नै नेतृत्वमा निरन्तरता दिने सहमति भएको हो। स्रोतका अनुसार, एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु प्रसाद पौडेल, महासचिव शंकर पोख्रेल, मुख्यमन्त्री चेतनारायण आचार्य र पूर्वमुख्यमन्त्री लिला गिरीबीच भक्तपुरको गुण्डुमा भएको छलफलले आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने निष्कर्ष निकालेको हो । यससँगै एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच मन्त्रालयको बाँडफाँड, मन्त्रीहरुको जिम्मेवारी तथा सरकारको साझा कार्ययोजनाबारे औपचारिक छलफल अघि बढ्ने भएको छ। मन्त्रालयको संख्या पुनर्संरचना भइसकेकाले दुबै दलबीच कुन मन्त्रालय…
देउखुरी,१३ साउन। लुम्बिनी प्रदेश सरकारले प्रशासनिक संरचना चुस्त बनाउने उद्देश्यसहित मन्त्रालय पुनर्संरचना गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाहेक ८ मन्त्रालय कायम रहने गरी प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०८३ स्वीकृत गरेको हो । यसअघि १२ मन्त्रालयमार्फत सञ्चालन हुँदै आएको प्रदेश सरकारको संरचनालाई पुनर्गठन गर्दै अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाहेक ८ मन्त्रालय कायम हुनेगरी प्रदेश सरकार कार्यविभाजन नियमावली, २०८३ स्वीकृत गरेको हो। बैठकका निर्णय सार्वजनिक गर्दै भौतिक पूर्वाधार विकास मन्त्री रत्नबहादुर खत्रीले कार्यसम्पादनलाई थप प्रभावकारी, व्यवस्थित र मितव्ययी बनाउन मन्त्रालयको संख्या घटाइएको बताए। अब लुम्बिनीमा मुख्यमन्त्री कार्यालय र आठ वटा मन्त्रालय…
बाँके,१३ साउन। सशस्त्र प्रहरी बल, नेपालका एक हवल्दार ब्यारेकमै मृत अवस्थामा भेटिएका छन् । बाँकेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्ममा कार्यरत ३८ वर्षीय घनश्याम ढकाल आफू सुत्ने कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। उनी कैलाली जिल्ला गौरीगङ्गा नगरपालिका– ५ चौमालाका हुन् । प्रहरीका अनुसार, घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
नेपालगंज,१३ साउन । निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर तीन जना मजदुरहरुको मृत्यु भएको छ। बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा बुधवार बिहान निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर तीन जना मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले जेसीबीको सहायताले सेप्टिक ट्याङ्की फुटाएर तीनै जनालाई मृत अवस्थामा बाहिर निकालेको थियो। प्रहरीका अनुसार, मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका–३ का ४० वर्षीय कालु थारु, २६ वर्षीय प्रकाश थारु र ३३ वर्षीय बिर्जा थारु रहेका छन् । मृतकहरुको शवलाई परीक्षणका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कपिलवस्तु, १३ साउन। कपिलवस्तुमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । हुलाकी राजमार्ग अन्तर्गत कपिलवस्तुको महाराजगंज नगरपालिकास्थित गैडवा चोकमा ना ५ ख २३६४ नम्बरको ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुमध्ये २ जना सडक किनारमा साइकल बनाउँदै थिए भने एक जना बालक साइकल पसल नजिक थिए । प्रहरीका अनुसार, मृत्यु हुनेहरुमा महाराजगंज नगरपालिका ३ गनवरियाका ७० वर्षीय र्घोल्लर कुर्मी, ४५ वर्षीय विजय कुमार गुप्ता र १२ वर्षीय बालक आनन्द कश्यप रहेका छन्। घटना पश्चात ट्रक चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।