


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा,२ असोज। रुपन्देहीको भैरहवामा नसा तथा मनोरोगका विरामीहरुको उपचारलाई लक्षित गर्दै ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा ल्याइएको छ । ‘कुरा गरौं’ भन्ने नाराका साथ कालिका पथ क्षेत्रमा संचालनमा आएको क्लिनिकले शुक्रबारदेखि औपचारिक रुपमा सेवा सुरु गरेको हो। शुक्रबार आयोजित एक कार्यक्रमबीच सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान क्लिनिकको उद्घाटन गरे। भैरहवा तथा आसपासका क्षेत्रका बासिन्दालाई सहज र सर्वसुलभ रुपमा नसा तथा मानसिक स्वास्थ्यसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले क्लिनिक सञ्चालनमा ल्याइएको सञ्चालक सञ्चालक रोशन गुप्ताले जानकारी दिए। उनका अनुसार क्लिनिकमा न्युरो–साइक्याट्रिक (नसा तथा मानसिक) उपचारलाई मुख्य प्राथमिकतामा राखिएको छ। क्लिनिकमा काउन्सिलिङ, ल्याब तथा फर्मेसीलगायतका विभिन्न सेवा उपलब्ध रहेको बताइएको छ। क्लिनिक…
भैरहवा,२ असोज। नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी कार्यालय सहयोगीका विभिन्न पदमा ३३४ जनाका लागि नयाँ भर्ना खुलाएको छ। नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत मानव स्रोत विकास विभागको वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले शुक्रबार एक सूचना जारी गर्दै खुला प्रतियोगितामार्फत पदपूर्ति गर्न योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो। माग गरिएका पदमा प्रहरी सहायक निरीक्षक (जनपद) २११ जना, प्रहरी कार्यालय सहायक (भान्छे) ८३ जना, हजाम १५ जना र प्रहरी कार्यालय सहयोगी (कुचिकार) २५ जना रहेका छन्। इच्छुक उम्मेदवारले असोज १२ गतेदेखि कात्तिक १० गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ। असई पदका लागि अनलाइनमार्फत आवेदन…
काठमाडौं,२ असोज। प्रधानमन्त्री बालेन्द्र शाहले जेनजी उमेर समूहका सांसदहरुलाई आफ्नो पुस्ताका लागि आफैं उदाहरण बनेर काम गर्न आग्रह गरेका छन्। जेनजी उमेर समूहका सांसदहरुसँगको अन्तरक्रियामा प्रधानमन्त्री शाहले जनजीविकासँग जोडिएका आधारभूत समस्या समाधानसँगै युवा पुस्तालाई आत्मनिर्भर बनाउन नवीन सोचका साथ अघि बढ्न आग्रह गरेका हुन्। उनले स्वदेशमै रोजगारी तथा अवसर सिर्जना गर्न स्थलगत अध्ययन र अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने बताए। सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै समस्या समाधानमुखी व्यवहार अपनाउन तथा पुराना र अव्यावहारिक सोच त्याग्नसमेत उनले सांसदहरुलाई सुझाव दिए। प्रधानमन्त्री शाहले राजनीतिलाई मात्र पेशा नबनाउन सांसदहरुलाई आग्रह गर्दै आम्दानीको छुट्टै व्यावसायिक आधार खडा गर्न सुझाव दिए। दीर्घकालीन रुपमा आत्मनिर्भर बन्दै आफ्नो पुस्ताका…
काठमाडौं,२ असोज। सरकारले विभिन्न १३ देशका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिका, भारत र चीनसहित १३ देशका लागि राजदूत नियुक्त गर्न विभिन्न व्यक्तिको नाम सिफारिस गरेको हो। सरकारले भारतका लागि निश्चलनाथ पाण्डे, अमेरिकाका लागि चिरनजंग थापा र चीनका लागि कल्याणराज शर्माको नाम सिफारिस गरेको छ। परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न क्षेत्रमा अनुभव र दक्षता हासिल गरेका व्यक्तिहरुलाई राजदूत नियुक्तिका लागि सिफारिस गरिएको जानकारी दिए। मन्त्रिपरिषद्बाट सिफारिस गरिएका प्रस्तावित राजदूतहरुको नाम अब संसदीय सुनुवाइका लागि पठाइनेछ। संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि सरकारले सम्बन्धित मुलुकबाट अग्रिमोका लागि प्रस्ताव पठाउनेछ। सम्बन्धित मुलुकबाट अग्रिमो प्राप्त भएपछि राष्ट्रपतिले प्रस्तावित व्यक्तिहरुलाई…
भैरहवा, १ असोज। भोटेकोशी नदीमा आएका विनाशकारी बाढीका कारण प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि होटल पौवाले ११ लाख रुपैयाँ सहयोग गरेको छ । बिहीबार होटल पौवाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ प्रदान गरेका हुन् । प्रमुख जिल्ला अधिकारी अर्यालले रसुवाको भोटेकोशी बाढीपछि उत्पन्न विपद्का समयमा राहत तथा पुनःस्थापनाका लागि होटल पौवाले गरेको सहयोगप्रति आभार व्यक्त गरे। होटल पौवाका प्रमुख ब्रान्डिङ अधिकृत विष्णु भण्डारीले संस्थाका सञ्चालक, व्यवस्थापक तथा कर्मचारीहरुले संकिलत गरेको रकम विपद्मा परेका नागरिकलाई सहयोग गरिएको बताए। उनले देश महाविपत्तिको अवस्थाबाट गुज्रिरहेका बेला सहयोगको रकम सानो…
काठमाडौं,१ असोज। सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को साउन र भदौ दुई महिनामा करिब दुई खर्ब रुपैयाँ बजेट खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार, भदौ मसान्तसम्म सरकारको कुल खर्च एक खर्ब ९९ अर्ब ८३ करोड ७२ लाख पुगेको छ। जुन वार्षिक लक्ष्यको ९ दशमलव ४१ प्रतिशत हो। कुल खर्चमध्ये चालु शीर्षकमा एक खर्ब २२ अर्ब तीन करोड ५४ लाख, पुँजीगततर्फ सात अर्ब ६६ करोड ४८ लाख र वित्तीय व्यवस्थातर्फ रु ७० अर्ब १३ करोड ७० लाख रुपैयाँ खर्च भएको छ। यी शीर्षकमा क्रमशः वार्षिक लक्ष्यको ९ दशमलव ६ प्रतिशत, १ दशमलव ७८ प्रतिशत र १६ दशमलव ५९ प्रतिशत बजेट…
काठमाडौं,१ असोज। सहकारी रजिष्ट्रारको कार्यालयले सहकारी संस्थाले सदस्यलाई दिने ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम गरेको छ। कार्यालयले सहकारी ऐन, २०७४ को दफा ५१ बमोजिमको समितिको सिफारिसमा सन्दर्भ ब्याजदर पुनरावलोकन गर्दै आजैदेखि लागू हुने गरी ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत निर्धारण गरेको हो । यसअघि यस्तो ब्याजदर १६ प्रतिशत थियो। नयाँ व्यवस्थाअनुसार सहकारीले १३ प्रतिशतभन्दा कम ब्याजदर भने आफ्नो कारोबारको अवस्था, आवश्यकता र र औचित्यको विश्लेषण गरी निर्धारण गर्न सक्नेछन्। बचतमा दिने र ऋणमा लिने ब्याजदरबीचको अन्तर ६ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था गरिएको छ। कार्यालयले सहकारी संस्थाले सदस्यलाई प्रदान गरेको ऋणमा लागेको ब्याजलाई मूल ऋणमा पुँजीकृत गरी त्यसमा पुनःब्याज…
नवलपुर,१ असोज। नवलपुरको हुप्सेकोट गाउँपालिका–६, पेलेगामा करिब ६ महिनादेखि जमिनमुनिबाट निरन्तर निस्किरहेको धुँवामा कार्बन मोनोअक्साइड ग्यासको उपस्थिति रहेको भूगर्भविद्हरुले प्रारम्भिक निष्कर्ष निकालेका छन्। विज्ञ टोलीले उक्त क्षेत्रमा ज्वालामुखीको सम्भावना नरहेको स्पष्ट पारेको छ। खानी तथा भूगर्भ विभाग, धौवादी फलाम कम्पनी लिमिटेड र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का विज्ञ सम्मिलित टोलीले स्थलगत अध्ययन गर्दै माटो, ढुङ्गा, पानी, धुँवा र वनस्पतिका नमुना संकलन गरेको छ। टोलीका प्रमुख भूगर्भविद् प्रकाश लुइँटेलका अनुसार चट्टानमा कार्बन मोनोअक्साइड ग्यासको मिश्रण देखिएकाले धुँवा निस्किएको हुनसक्ने प्रारम्भिक आकलन गरिएको हो। लुइँटेलले अन्य तत्वको समेत उपस्थिति हुनसक्ने भएकाले नमुना परीक्षणपछि मात्र विस्तृत विवरण प्राप्त हुने बताए।…
वीरगञ्ज, १ असोज। सशस्त्र प्रहरीले पर्साको वीरगञ्जमा भारतीय नम्बर प्लेटको कारबाट चार थान पेस्तोल र ६ थान गोली बरामद भएको छ। सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरो खटिएको टोलीले वीरगञ्ज महानगरपालिका-१५ स्थित वास्तुबिहार चोकमा वेवारिसे अवस्थामा रहेको यूपी १६ एजे ३३०१ नम्बरको भारतीय नम्बर प्लेटको कार चेकजाँच गर्ने क्रममा उक्त हतियारहरु बरामद गरेको हो । उक्त कारबाट २ थान कटुवा पेस्तोल, २ थान सिक्सर पेस्तोल र उक्त पेस्तोलमा प्रयोग हुने ७.६२ एमएमका एसएलआरको ६ राउण्ड गोली बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद पेस्तोल, गोली र कारलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ।
काठमाडौं,३१ भदौ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले हुण्डी कारोबारमा संग्लन आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको शहीदनगर नगरपालिका-४ का २४ वर्षीय अजय कुमार मुखिया रहेको सीआईबीले जनाएको छ। सीआईबीका सूचना अधिकारी एंव एसएसपी अनुपम शमशेर जबराका अनुसार, मलेसियालगायत विभिन्न मुलुकबाट अवैध रुपमा हुन्डी कारोबार भइरहेको सूचनाको विषयमा सूक्ष्म अनुसन्धान तथा विश्लेषणको क्रममा व्यक्तिगत तथा व्यवसायिक बैंक खाताहरुको प्रयोग गरेर एक अर्ब ३४ करोड ७८ लाख ३९ हजार १४४ रुपैयाँ बराबरको हुण्डी कारोबार पुष्टि हुन आएको छ। पक्राउ परेका मुखियामाथि हुण्डीसम्बन्धी कारोबार गर्न नहुने कसुरमा थप अनुसन्धान भइरहेको र संलग्न अन्य व्यक्तिको खोजी तथा अनुसन्धान भइरहेको…