


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
दाङ,१७ कात्तिक। लुम्बिनी प्रदेश सरकारले दृष्टिविहिनता तथा दृष्टिदोषको समस्या न्यूनीकरण गर्न आँखा स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै लगानी र उपचारको पहुँच विस्तार गर्ने भएको छ। मंगलबार लमहीमा नेपाल नेत्रज्योति संघले आयोजना गरेको अनुसन्धान प्रतिवेदन सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले सबै नागरिकलाई सहज रुपमा आँखा उपचार सेवा उपलब्ध गराउन प्रदेश सरकारले योजनाबद्ध रुपमा काम गर्ने बताए। उनले संघले तयार पारेको पाँच वर्षे रणनीतिक योजनालाई प्राथमिकताका साथ कार्यान्वयनमा लैजाने प्रतिबद्धता पनि जनाए। संघले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार, लुम्बिनी प्रदेशमा ५० वर्ष वा सोभन्दा माथिका १३ हजार ९४ जना व्यक्ति दृष्टिविहीनताबाट प्रभावित छन्। त्यस्तै, दृश्य तीक्ष्णता का आधारमा ६र१२ भन्दा कम दृष्टि भएका व्यक्तिको…
लुम्बिनी,१७ कात्तिक। सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउँदै सीमामा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न नेपाल र भारतका सीमा सुरक्षा अधिकारीबीच छलफल भएको छ। लुम्बिनीमा सम्पन्न सशस्त्र प्रहरी बल, नेपाल र भारतीय सशस्त्र सीमा बल (एसएसबी) बीचको दशौँ डीआईजीस्तरीय समन्वयात्मक बैठकमा सीमा सुरक्षा, अवैध चोरीनिकासी तथा पैठारी नियन्त्रण र सीमा अपराध न्यूनीकरणका विषयमा छलफल भएको हो। बैठकमा सशस्त्र प्रहरी बल, नेपाल नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति डीआईजी दीपक अधिकारी र भारतीय सशस्त्र सीमा बल, सेक्टर हेडक्वार्टर लखीमपुर खिरीका डीआईजी बी. विक्रमनले आ-आफ्नो टोलीको नेतृत्व गरेका थिए। बैठकमा मानव बेचबिखन, नक्कली मुद्रा कारोबार, लागूऔषध ओसारपसार, तेस्रो मुलुकका नागरिकको गैरकानुनी प्रवेश…
भैरहवा,१७ कात्तिक। रुपन्देहीको कोटहीमाई गाउँपालिकामा महिलाको हत्या प्रकरणमा अनुसन्धानका लागि प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा कोटहीमाई गाउँपालिका–६, खजनी चोकका ४० वर्षीय बैजनाथ यादव, खजनी चोककै ३० वर्षीय प्रमोद कुमार कुर्मी, बोगडीका २६ वर्षीय मन्जे हरिजन, मर्चवारीका ३५ वर्षीय धर्मराज यादव रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। पक्राउ परेका सबै आरोपी कोटहीमाई गाउँपालिका–६ का हुन् । गत कात्तिक १२ गते कोटहीमाई गाउँपालिका–६ र ७ को बीचमा रहेको धान खेतमा कोटहीमाई गाउँपालिका–५, छोटकी मझगाँवाको ४१ वर्षीया जोबेदा खातुन धोबीको शव बरामद भएको थियो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसन्धान अधिकृत एंव प्रहरी निरीक्षक चन्द्र किशोर शाहका अनुसार, महिलाको टाउकोमा…
दाङ,१७ कात्तिक। दाङ प्रहरीले विभिन्न सामुदायिक वन तथा झाडीमा लुकाएर राखिएको १४ नाल भरुवा बन्दुक बरामद गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङ मातहतका विभिन्न प्रहरी युनिटबाट खटिएको प्रहरी टोलीले १३ नाल साबुत र १ नाल बेसाबुत गरी १४ नाल भरुवा बन्दुक बरामद गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले दाङले जनाएको छ। प्रहरीका अनुसार, बरामद गरिएका बन्दुकहरु थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दाङमा ल्याएर घटनाबारे थप अनुसन्धान भइरहेको छ।
काठमाडौं,१६ कात्तिक। नेपाल आयल निगमले विभिन्न नाम र ब्रान्डमा सञ्चालन हुँदै आएका खाना पकाउने एलपी ग्यास उद्योगलाई एकीकृत गर्ने प्रक्रिया अघि बढाएको छ। ग्यासको बिक्री वितरणलाई व्यवस्थित, सहज र प्रभावकारी बनाउने उद्देश्यले निगमले उद्योगहरुबीच एकीकरणको पहल थालेको हो। निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार ग्यास वितरण प्रणालीमा सुधार ल्याउन उद्योगहरुलाई आपसमा गाभ्ने नीति अघि सारिएको हो। यसका लागि निगमले देशभर सञ्चालनमा रहेका सम्बन्धित ग्यास उद्योगलाई पत्राचार गर्दै एकीकरणको कार्ययोजना तयार गरी आवश्यक प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ। निगमको यो कदम कार्यान्वयनमा आए विभिन्न नाम र ब्रान्डमा सञ्चालित ग्यास उद्योगहरु एकीकृत हुनेछन्। यसबाट ग्यासको आपूर्ति तथा वितरण व्यवस्थापन थप व्यवस्थित हुने…
भैरहवा,१६ कात्तिक। रुपन्देहीको कोटहीमाई गाउँपालिका–७ स्थित कटफोरवा नालानजिक धान खेतमा बरामद महिलाको शवको घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरिएको छ। घटनाको सत्यतथ्य सार्वजनिक गरी पीडित परिवारलाई न्याय दिलाउन माग गर्दै लुम्बिनी प्रदेशसभा सदस्य वसीउद्दीन खाँसहित कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठी, सम्मरीमाई गाउँपालिकाका अध्यक्ष विनोदकुमार श्रीवास्तव र मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुवनारायण चौधरीले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका छन्। उनीहरुले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयको समेत ध्यानाकर्षण गराएका हुन्। गत कात्तिक १२ गते बिहीबार कोटहीमाई गाउँपालिका वडा नं. ४ र ७ को बीचमा पर्ने कटफोरवा नालाको छेउस्थित…
भैरहवा, १६ कात्तिक। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले चाडपर्वका बेला प्लास्टिकजन्य कृत्रिम फूल तथा माला प्रयोग नगर्न नगरबासीलाई अपील गरेको छ। नगरप्रमुख इश्तियाक अहमद खाँद्वारा जारी अपीलमा चाडपर्वका अवसरमा घर, कार्यालय तथा पूजाआजामा प्रयोग गरिने प्लास्टिकका फूल तथा मालाले वातावरणीय प्रदूषण बढाउनुका साथै मानव स्वास्थ्य र प्राकृतिक वातावरणमा नकारात्मक असर पार्ने उल्लेख गरिएको छ । त्यसैले यस्ता सामग्रीको प्रयोग निरुत्साहित गर्न आवश्यक रहेको नगरपालिकाले जनाएको छ। नगरपालिकाले स्वच्छ, हरित तथा वातावरणमैत्री नगर निर्माण अभियानमा सहयोग पुर्याउन स्थानीय कृषक तथा उत्पादकले उत्पादन गरेका प्राकृतिक फूल र माला प्रयोग गर्न सबै नगरबासीलाई आग्रह गरेको छ । प्राकृतिक फूल तथा मालाको प्रयोगले वातावरण संरक्षणमा योगदान…
भैरहवा, १६ कात्तिक। सरकारले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत कात्तिक महिनाको पहिलो १५ दिनका लागि छनोट भएका विजेताको कुप्पन सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा क्रिकेट खेलाडीहरुले चिट्ठामार्फतविजेता घोषणा गरेका हुन्। कार्यक्रमअन्तर्गत जम्मा ४५० रुपैयाँ बराबरको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको उपहार जितेका छन्। यस्तै प्रत्येक दिन एक जनालाई एक लाख रुपैयाँ प्रोत्साहन उपहार अन्तर्गत १५ उपभोक्ताले १/१ लाख रुपैयाँ बराबरको उपहार जित्न सफल भए। सरकारले उपभोक्तालाई सामान तथा सेवा खरिद गर्दा अनिवार्य रुपमा बिल लिने बानीको विकास गराउने र कर प्रणालीमा नागरिकको सहभागिता बढाउने उद्देश्यले यस्तो प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएको छ। यी हुन उपहार जितेका…
भैरहवा । लामो समयदेखि सर्वसम्मत नेतृत्व चयन हुँदै आएको रुपन्देही जिल्ला अदालत बार एसोसिएसनमा २२ वर्षपछि मतदानमार्फत नयाँ कार्यसमिति चयन भएको छ। शनिबार सम्पन्न बारको ५९औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट चोला बहादुर कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता शिवप्रसाद गौडेलले जानकारी दिए। यसपटक बारभित्र नेतृत्व चयनमा सहमति जुट्न नसक्दा अध्यक्ष र सचिव पदमा निर्वाचन भएको थियो। अध्यक्ष पदमा ७६ मत प्राप्त गर्दै कार्की निर्वाचित भए। उनका प्रतिस्पर्धी डण्डप्रसाद भट्टराईले ४२ मत प्राप्त गरे। यस्तै सचिव पदमा मेघनाथ खनाल ६८ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी पंकजकुमार पाण्डेयले ४८ मत प्राप्त गरे। दुवै पदमा एउटै संगठनसँग…
काठमाडौं,१३ कात्तिक। अवैध रुपमा दुई अर्ब रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका–१२ का २८ वर्षीय सुनिलकुमार यादव रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। प्रहरीका अनुसार, यादवले विभिन्न विद्युतीय माध्यम तथा अनलाइन बेटिङ एपमार्फत कानुनविपरीत क्रिप्टोकरेन्सी (यूएसडीटी) को ठूलो परिमाणमा कारोबार गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। विशेष सूचनाका आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले यादवको बाइनान्स खातामार्फत दुई अर्ब १६ करोड एक लाख २० हजार आठ सय २१ रुपैयाँ बराबरको कारोबार भएको फेला पारेको जनाएको छ। पक्राउ परेका यादवमाथि प्रहरीले आवश्यक अनुसन्धान तथा कानुनी…