


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा,२५ भदौ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले भैरहवास्थित कालिङ्गा क्यासिनो (विमानस्थल नजिक) मा छापा मारेर क्यासिनोका पिट म्यानेजरसहित ६ जनालाई नियन्त्रणमा लिएको छ। क्यासिनोमा नेपाली नागरिक प्रवेश गरी जुवा खेलिरहेको सूचनाका आधारमा लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र बहादुर खत्रीको विशेष टोलीले बिहीबार चेकजाँच गरेको थियो। सो क्रममा जुवा खेलिरहेको अवस्थामा पाँच जना नेपाली नागरिक र क्यासिनोका पिट म्यानेजरलाई नियन्त्रणमा लिइएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ। यसअघि गत वैशाखमा पनि लुम्बिनी प्रदेशका डीआईजीको विशेष टोलीले यही क्यासिनोमा छापा मारेको थियो। त्यस क्रममा जुवा खेलिरहेको आरोपमा १५ जना नेपाली नागरिक तथा जुवा खेलाउन संलग्न रहेको आरोपमा क्यासिनोका चार जना कर्मचारीसहित १९…
भैरहवा,२५ भदौ। जनता समाजवादी पार्टी, नेपाल लुम्बिनी प्रदेशले समितिका कोषाध्यक्ष बच्छुलाल केवट र सदस्य राजकुमार लोधलाई कारवाही गरेको छ। पार्टीको नीति, सिद्धान्त, निर्णय र विधानविपरीत गतिविधिमा संलग्न भएको तथा पार्टीको हित र अनुशासनविपरीत कार्य गरेको आरोपमा उनीहरुमाथि कारबाही गरिएको जसपा नेपाल लुम्बिनी प्रदेशले जनाएको छ। अन्य राजनीतिक दलको प्रचारप्रसारमा समेत सक्रिय रहेको पार्टीको दावी छ। जसपा नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामअवतार यादवका अनुसार विधान तथा प्रचलित नियमबमोजिम दुवैजनालाई भदौ २४ गतेदेखि लागू हुने गरी पार्टीको सदस्यता र सम्पूर्ण जिम्मेवारीबाट निष्कासन गरिएको हो।
दाङ, २५ भदौ। लुम्बिनी प्रदेश सरकारले यातायात सेवा विस्तार गर्ने उद्देश्यले घरेलु तथा साना उद्योग कार्यालयबाट समेत यातायातसम्बन्धी सेवा प्रवाह गर्ने निर्णय कार्यान्वयनमा ल्याउने भएको छ। यातायात सेवा सञ्चालन नभएका जिल्लामा घरेलु कार्यालयलाई यातायात सेवाको शाखाका रुपमा प्रयोग गरी सेवा दिने निर्णय कार्यान्वयनमा आउन लागेको हो। आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालयको बिहीबार राप्ती उपत्यका (देउखुरी) मा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले यातायात सेवा नपुगेका जिल्लामा घरेलु कार्यालयमार्फत सेवा सञ्चालन गर्ने निर्णय छिट्टै कार्यान्वयनमा आउने जानकारी दिए। सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउन यातायातसम्बन्धी अधिकार विस्तार गर्न लागिएको बताए।…
कपिलवस्तु,२५ भदौ। कपिलवस्तुको पुरातात्विक सम्पदा तिलौराकोटको संरक्षणका लागि किल्ला आसपासका थप जग्गा अधिग्रहण गरिने भएको छ। तिलौराकोटलाई विश्वसम्पदा सूचीमा समावेश गराउने प्रयासअन्तर्गत पुरातत्व विभागले अधिग्रहण प्रक्रिया अघि बढाएको हो। किल्ला परिसर बाहिर गरिएको उत्खनन तथा भू–भौतिक सर्वेक्षणबाट प्राचीन संरचनाका भग्नावशेष र अन्य पुरातात्विक अवशेष फेला परेपछि ती क्षेत्रलाई संरक्षणको दायरामा ल्याउन जग्गा अधिग्रहण गर्न लागिएको विभागले जनाएको छ। पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत सन्दीप खनालका अनुसार साविक मालपारा–१ (ख) र मालपारा–४ (क) अन्तर्गतका विभिन्न कित्ता नम्बरका जग्गा अधिग्रहण गरिनेछ। जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम सम्बन्धित जग्गाधनी तथा सरोकारवालालाई सूचना जारी गरी प्रक्रिया अघि बढाइएको छ। थप जग्गा अधिग्रहणपछि तिलौराकोट क्षेत्रका…
राजविराज, २५ भदौ । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना लिन नमानेपछि एक विपन्न महिलाले सडकपेटीमै शिशु जन्माउनुपरेको घटना सार्वजनिक भएको छ। राजविराज नगरपालिका–१४ पर्साहीकी वविता पासवान प्रसव पीडा सुरु भएपछि मंगलबार राति श्रीमान् र आफन्तसँगै अस्पताल पुगेकी थिइन्। परिवारका अनुसार, अस्पतालमा अल्ट्रासाउन्ड, रगत तथा पिसाब परीक्षण गर्न करिब २ हजार ५०० रुपैयाँ लाग्ने बताइएको थियो। रकम अभाव भएपछि परीक्षण नगरी प्रसूति गराउन नमिल्ने भन्दै आफूहरुलाई अस्पतालबाट बाहिर निकालिएको पीडित परिवारको दाबी छ। त्यसपछि अस्पताल परिसरबाहिर औषधि पसलनजिकै बसेकी ववितालाई प्रसव पीडाले च्यापेपछि बाध्यताबस सडकपेटीमै छोरालाई जन्म दिइन्। छोरा जन्माएपछि परिवारले सालनालसहितको शिशु बोकेर अस्पतालमा पुगे । तर पनि…
काठमाडौं,२५ भदौ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले पदबाट राजीनमा दिएकी छिन्। मन्त्री यादवले बिहीवार प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ। बुधबार संसदको उद्योग समितिको बैठकमा उनले भनेकी थिइन् ‘अहिले भएको ग्यास अभाव उद्योगीले गर्दा भएको हो, ग्यास उद्योगीको ‘पाता नकसे’सम्म ग्यास अभाव सहज हुँदैन ।’ उनको अभिव्यक्तिप्रति उद्योगीहरुले आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए ।
काठमाडौं, २४ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्का कारण पीडामा रहेका नागरिकमाथि अमानवीय व्यवहार गर्नेलाई विज्ञप्तिमा मात्र सीमित नभई कानुनी कारबाही गर्न सरकारसँग आग्रह गरेका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा विशेष सम्बोधन गर्दै लामिछानेले पीडितको आक्रोशलाई लिएर सामाजिक सञ्जाल, सार्वजनिक स्थान वा अन्य माध्यमबाट होच्याउने तथा तुच्छ टिप्पणी गर्ने प्रवृत्ति स्वीकार्य नहुने बताए। उनले राज्य पीडितको पक्षमा रहेको अनुभूति नागरिकले व्यवहारमै गर्न सक्ने गरी सरकार प्रस्तुत हुनुपर्नेमा जोड दिए। ‘पीडामा रहेका नागरिकलाई कतैबाट अमानवीय दुर्व्यवहार हुन्छ भने त्यस्ता व्यक्तिमाथि हामी निर्मम हुन्छौँ भनेर विज्ञप्ति मात्रै निकाल्ने होइन, राज्य निर्मम र पीडितको पक्षमा उभिएको छ भन्ने कुरा…
काठमाडौं, २४ भदौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत ठाकुर प्रसाद केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी विभागमा नियुक्ति तथा पटक-पटक बढुवा लिएको आरोपमा केसीविरुद्ध बुधवार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको हो। राष्ट्रिय अनुसन्धान विभागमा सहायिक निरीक्षक पदमा नियुक्तिका लागि झुट्टा तथा नक्कली शैक्षकि योग्यताको प्रमात्रपत्र पेश गरी नियुक्ति लिइ बढुवा समेत भइ हैसियत, लाभ एवं सुविधा लिएको उनीमाथि आरोप छ। अनुसन्धानका क्रममा केसीले भारतको माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेशअन्तर्गतको बोर्ड अफ हाई स्कुल एन्ड इन्टरमिडिएट एजुकेसनबाट जारी भएको भनिएको हाई स्कुल परीक्षाको नक्कली…
२२ भदौ, काठमाडौं। रामेछापमा वृद्ध दम्पतीलाई घरमै बन्धक बनाएर गरगहना तथा नगद लुटपाट गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुलीको घ्याङलेक गाउँपालिका–२ का २५ वर्षीय सुमन जर्घा मगर, रामेछापको खाँडादेवी गाउँपालिका–२ का ३२ वर्षीय दीर्घराज मोक्तान र सोही ठाउँका ३३ वर्षीय पशुपति श्रेष्ठ, झापाको दमक नगरपालिका–७ का ४४ वर्षीय पिताम्बर तहतराज र धनकुटाको बेलाहारा गाउँपालिका–५ का ३८ वर्षीय दीपक भनिने गुणराज विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। प्रहरीका अनुसार, उनीहरुले १८ भदौको राति खाँडादेवी गाउँपालिका–२ मझुवा नेवारटोलका ८५ वर्षीय बखतमान लामा र उनकी ८६ वर्षीया श्रीमती कान्छीमाया तामाङलाई घरमै बन्धक बनाएर लुटपाट गरेका…
कपिलवस्तु,२२ भदौ । कपिलवस्तुमा पछिल्लो डेढ महिनाको अवधिमा लागुऔषधसम्बन्धी घटनामा १९ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी एंव डीएसपी रीपेन्द्रकुमार सिंहका अनुसार, चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २१ गतेसम्म विभिन्न सीमा नाकाबाट लागुऔषध ओसारपसारको आरोपमा उनीहरु पक्राउ परेका हुन् । प्रहरीले उक्त अवधिमा लागुऔषधसम्बन्धी ११ वटा मुद्दा दर्ता गरेको छ। पक्राउ पर्नेमा १३ जना पुरुष र ६ जना महिला रहेका छन् । प्रहरीका अनुसार, पक्राउ परेकामध्ये केहीले पैदल हिँडेर तथा केहीले शरीरमा लागुऔषध बाँधेर सीमा नाकाबाट ओसारपसार गर्ने प्रयास गरेका थिए। उनीहरुलाई लागुऔषधसहित नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाइएको हो । जिल्ला प्रहरी कार्यालय…