Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

धनुषा,८ साउन । प्रहरीले गोली चलाएर लागुऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुबनी जिल्लाका २८ वर्षीय सन्तोष कुमार महतो र ४५ वर्षीय मिथिलेश साह रहेको प्रहरीले जनाएको छ । लागुऔषध नियन्त्रण ब्यूरोको बर्दिबास टोलीले धनुषाको मिथिला नगरपालिका–६ मा लागुऔषधको कारोबार भइरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिन खोज्दा भाग्न थालेपछि एक राउण्ड हवाई फायर गरी पक्राउ गरिएको ब्यूरोका सहप्रवक्ता एवं डीएसपी जिवन निरौलाले जनाए । उनका अनुसार, पक्राउ परेका आरोपीहरुको साथबाट ९५ ग्राम ५१० मिलिग्राम खैरो हेरोइन, २ थान मोबाइल, १ थान भारतीय आधार कार्ड र १ थान भारतीय सवारी चालक अनुमतिपत्र बरामद भएको…

Read More

काठमाडौं,८ साउन । परराष्ट्र मन्त्रालयले मध्यपूर्वको द्वन्द्वका कारण त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षाप्रति सरकार संवेदनशील रहेको जनाएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलका अनुसार, हाल उक्त क्षेत्रमा रहेका नेपालीहरुको अवस्था सामान्य रहेको छ भने कुनै नेपाली प्रभावित भएको जानकारी प्राप्त भएको छैन। वार्ता र कूटनीति नै समस्या समाधानको स्थायी माध्यम भएको र ‘स्ट्रेट अफ हर्मुज’ जलमार्गको निर्बाध उपयोग तथा दिगो शान्तिका पहलहरुमा नेपालको समर्थन रहेको शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले उल्लेख गरे । दक्षिणपूर्वी एसियाका विभिन्न मुलुकबाट अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८६० जना नेपालीको उद्धार गरिएको मन्त्रालयले जनाएको छ। जसमध्ये कम्बोडियाबाट ७३३ जना, म्यानमारबाट ११३ जना, लाओसबाट ८ जना…

Read More

काठमाडौं,८ साउन। नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबारमा संलग्न २ लाख २३ हजार ५६८ वेबसाइट तथा एप बन्द गरेको जनाएको छ। सरकारले शासकीय सुधारसम्बन्धी कार्यसूचीअनुसार यस्ता वेबसाइट तथा एपमाथि कारबाही अघि बढाएको हो। दूरसञ्चार प्राधिकरणका सहायक निर्देशक एवं इन्जिनियर ओमप्रकाश महतोका अनुसार, फिफा विश्वकपको अवधिमा बेटिङ एपको प्रयोग बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै विशेष टास्क फोर्स गठन गरी इन्टरनेट सेवा प्रदायक (आईएसपी) सँगको सहकार्यमा वेबसाइट ब्लक गरेको जनाएको छ। प्राधिकरणका अनुसार, नयाँ नाममा यस्ता वेबसाइट फेरि खुल्ने चुनौती रहेकाले ‘थ्रेट इन्टेलिजेन्स टुल’ प्रयोग गरी निरन्तर निगरानी र बन्द गर्ने काम भइरहेको छ। साथै, अवैधानिक वेबसाइटबारे जानकारी…

Read More

सलमान खानभैरहवा, ८ साउन । रुपन्देहीको ओमसतिया गाउँपालिकाको कार्यालयमा आर्थिक अनुशासन र वित्तीय व्यवस्थापनमा गम्भीर प्रश्न उठेको छ। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन अनुसार, गाउँपालिकाको अद्यावधिक बेरुजु ८ करोड ७२ लाख १३ हजार रुपैयाँ पुगेको छ भने करोडौं रुपैयाँको कारोबार एकीकृत वार्षिक वित्तिय विवरणमा समावेश नगरेको पाइएको छ। प्रतिवेदनअनुसार, आर्थिक वर्ष २०८१/८२ को एक अर्ब १८ करोड १ लाख १९ हजार रुपैयाँको लेखापरीक्षण गरिएकोमा १ करोड ३१ लाख २४ हजार रुपैयाँ बेरुजु देखिएको छ। बेरुजुमध्ये १ लाख ५३ हजार रुपैयाँ सम्परीक्षणबाट फछ्र्योट भएको, ५ लाख ३० हजार रुपैयाँ असुल गर्नुपर्ने, १ करोड २० लाख ८०…

Read More

काठमाडौं,८ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित लेखा अधिकृतलाई नियन्त्रणमा लिएको छ । आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, स्थायी लेखा नम्बर बन्द गर्न सेवाग्राहीलाई आवश्यक सिफारिस दिनका लागि माग गरेको २१ हजार रुपैयाँसहित काठमाडौँ महानगरपालिका वडा नं. ३० का लेखा अधिकृत (छैंठौ) उद्वब भट्टराईलाई नियन्त्रणमा लिइएको हो । भट्टराईलाई घुससहित वडा कार्यालयबाट नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Read More

रौतहट,८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथी बिहीबार राति कालोमसी प्रहार गरिएको छ। गढीमाई नगरपालिकामा आयोजित कार्यक्रममा सहभागी भएर फर्किने बेला ‘मधेश मुक्ति अभियान’सँग आबद्ध कार्यकर्ताले उनीमाथी कालोमसी प्रहार गरेको बताइएको छ। घटनाको पुष्टि सांसद पौडेलले राति कार्यक्रम सकाएर फर्किने लाग्दा पछाडीबाट केही युवाले कालो पदार्थ फ्याकेर फरार भएको बताए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं,७ साउन । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा भारत मणिपुरको २० वर्षीया मोना देवी लोङजाम र २३ वर्षीया ओइनाम एली रहेका छन्। थाइल्याण्डको बैंकक हुँदै नेपाल आएका उनीहरुको शंकास्पद गतिविधिपछि जाँच गर्ने क्रममा साथमा रहेको सुटकेसबाट ८ किलो गाँजा बरामद भएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ । पक्राउ परेका महिलाहरुको साथबाट गाँजासहित दुई थान राहदानी, दुई थान मोबाइल फोन बरामद भएको र घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Read More

भैरहवा, ७ साउन । रुपन्देही प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा दाङको घोराही उपमहानगरपालिका–१३ का २२ वर्षीय प्रवेश घर्ती मगर र सोही स्थानका १७ वर्षीय विस्मत घर्ती मगर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्ण कुमार चन्दका अनुसार वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले अंचलपुरमा रा ७ प ७००७ नम्बर स्कुटर चेकजाँचको क्रममा लागुऔषध बरामद भएको हो । पक्राउ परेका आरोपीहरुको साथबाट डायजेपाम इन्जेक्सन १४५ एम्पुल, प्रोमेथाजिन एचसीएल इन्जेक्सन १४५ एम्पुल, बुप्रेनोर्फिन इन्जेक्सन १४५ एम्पुल, तीन थान सिरिन्ज र दुई थान मोबाइल बरामद भएको…

Read More

बुटवल, ७ साउन । रुपन्देही प्रहरीले रिभल्वर पेस्तोल र गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर बागमती गाउँपालिका-९ का २६ वर्षीय रेशम तुङसिङ मगर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्ण कुमार चन्दका अनुसार, विशेष सूचनाका अधारमा उनलाई बुटवल उप महानगरपालिका-९ स्थित नयाँ बसपार्क क्षेत्रबाट एक थान गोलीसहित पक्राउ गरिएको हो । प्रारम्भिक अनुसन्धानको क्रममा एक थान रिभल्वर र थप पाँच थान गोली उनको स्थायी वतनबाट बरामद भएको उनले बताए । पक्राउ परेका मगरविरुद्ध हातहतियार खरखजना मुद्दामा अदालतबाट म्याद लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

सिरहा, ७ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले घुससहित कर अधिकृतलाई नियन्त्रणमा लिएको छ । आयोगको बर्दिबास कार्यालय प्रमुख रामबहादुर कुरुम्वाङका अनुसार, आन्तरिक राजस्व कार्यालय लहान, सिरहाका कर अधिकृत युवराज पालले एक कम्पनीको फुल अडिट गर्नका लागि माग गरेको पाँच लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिइएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

Read More