


भैरहवा, १असोज। भारतको राजधानी अर्थात दिल्ली राज्यको मुख्यमन्त्री आतिशी मर्लेना बन्ने भएकी छिन्। मुख्यमन्त्री अरबिन्द केजरीवालले राजीनामा दिने भएपछि आम आदमी पार्टीले आतिशीलाई नयाँ मुख्यमन्त्री बनाउने निर्णय गरेको हो।
भारतीय संचारमाध्यम आजतकका अनुसार मंगलबार बसेको आम आदमी पार्टीको विधायक दलको बैठकमा पार्टी अध्यक्ष समेत रहेका केजरीवलले आतिशीलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरेका हुन्। जसमा उनलाई मुख्यमन्त्री बनाउने निर्णय भएको हो।

मुख्यमन्त्री केजरीवाल जमानतमा जेलबाट बाहिरएपछि मुख्यमन्त्रीबाट राजीनामा दिने र फेरी जनताबाट निर्वाचित भएपछि मात्र मुख्यमन्त्री बन्ने घोषणा गरेका थिए । उनले आजै अपराह्न राजीनामा दिने बताइएको छ । ४३ वर्षीया आतिशी हाल दिल्ली सरकारमा शिक्षा मन्त्री छिन् ।

