
भैरहवा,१५असोज भारतका बलिउड अभिनेता गोविन्दा अरुन अहुजा गोली लागेर घाइते भएका छन् । गोली उनको खुट्टामा लागेको छ।
भारतीय संचारमाध्यम एबिपी न्यूजका अनुसार मंगलबार आफुसँग भएको पेस्तोल सफा गरेर राख्ने क्रममा खसेर मिसफायर हुदाँ उनको खुट्टामा लागेको हो ।
Advertisement

Advertisement
Advertisement

अभिनेता गोविन्दाका प्रबन्धक शशी सिन्हाका लाइसेन्स प्राप्त पेस्तोललाई दराजमा थन्क्याउन लाग्दा जमिनमा खसेर गोली चलेको बताएका छन् । त्यस लगत्तै उनलाई अस्पताल लगिएको र डाक्टरहरूले उनको खुट्टाबाट गोली निकालेको बताइएको छ।
आइसीयूमा उपचारत उनी स्वस्थ रहे पनि अझै केही दिन अस्पतालमै रहने भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

