


भैरहवा, ४ कार्तिक। भारतको राजस्थानमा सवारी दुर्घटना हुदाँ १२ जनाको मृत्यु भएको छ।
राजस्थानको ढोलपुरस्थित राष्ट्रिय राजमार्ग ११–बी मा शनिबार राति जयपुर जाँदै गरेको बस र अटो ठोक्किदाँ सवारी दुर्घटना भएको थियो। जसमा आठ जना बालबालिकासहित १२ जनाको मृत्यु भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। दुर्घटनामा घाइते दुई जनाको उपचार भइरहेको बताइएको छ।

मृतकहरु सबै बारीका बासिन्दा रहेको र सर्मथुरा क्षेत्रको बरौली गाउँमा विवाह समारोहमा सहभागी भई अटोमा फर्कदै गर्दा दुर्घटना भएको भारतीय प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुस्

