
काठमाडौ, १८ मंसिर । नेपाल र चीनबीच आठ वटा विषयमा सहयोग र सहकार्य सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ।
चीनको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्तापछि व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदान लगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

वार्ताअघि प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल चीनको औपचारिक भ्रमणमा सोमबार बेइजिङ गएका थिए ।

