
काठमाडौं, २५ माघ। परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोनवार्ता गरेकी छन्।
हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै मन्त्री राणाले इरानका विदेशमन्त्रीसँग फोनवार्ता गरेकी हुन् ।
Advertisement

Advertisement
Advertisement

फोन वार्तामा विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीहरुसँग आफूले विपिन रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिएको जनाइएको छ। इजरायल सरकार र हमासबीच युद्धविराम भएपछि आफ्ना नियन्त्रणमा रहेका बन्दीहरुलाई हमासले मुक्त गर्न थालेको छ । जसकारण विपिनको रिहाईका लागि सरकारले कूटनीतिक पहल जारी राखेको छ ।
यस अघि मन्त्री राणाले इजिप्टका र इजरायलका विदेशमन्त्रीसँग पनि फोनवार्ता गरी विपिनको रिहाईका लागि पहल थाल्न अपिल गरेकी थिइन्।

