
काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक (आईजीपी)हरुको भेटवार्ता भएको छ । भेटवार्तामा पूर्वआईजीपीहरुले प्रस्तावित प्रहरी ऐनमा उल्लेख भएका केही बुँदाहरु सच्याउनुपर्ने माग गरेका छन् । बिहीबार साँझ प्रधानमन्त्री ओलीलाई भेट्दै पूर्वआईजीपीहरुको समूहले विवादित केही बुँदाहरु हटाउनुपर्ने माग राखेका हुन् ।
पूर्वआईजीपी मोतिलाल बोहोराका अनुसार मुख्यगरी दुई विषयहरु (गृहको नियन्त्रण तथा परिचालन र सुपरीवेक्षण) विषय सच्याउन माग गरिएको छ । ‘गृहका कर्मचारीले समेत प्रहरी परिचालन गर्नसक्ने राखिएका बुँदाहरु करेक्सन गर्नुपर्ने भनेर हामीले भनेका छौं’, पूर्वआईजीपी बोहोराले भने, ‘प्रधामन्त्रीले पनि करेक्सन हुने आश्वास दिनुभएको छ ।’
Advertisement

Advertisement
Advertisement

जवाफमा ओलीले संसदमा विद्येयक दर्ता भएको र छलफल हुन बाँकी नै रहेकाले सच्याउन सकिने बताएका थिए ।
पूर्वआईजीपीकै समूहले बुधबार गृहमन्त्रीसँगको भेटमा पनि यही विषय राखेको थियो। विद्येयकमा यसबाहेक अन्य विषयहरु पनि आपत्ति रहेको भन्दै सच्याउन माग भइरहेको छ। प्रहरी ऐनमा उल्लेखित केही बुँदा सच्याउनका लागि आईजीपी बसन्त कुँवरले पनि पूर्वआईजीपीहरुको साथ खोजेका थिए ।

