Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » ओडिसामा भैरहवाकी प्रकृतिको मृत्यु प्रकरण : नेपाली विद्यार्थीलाई कुट्ने दुई सुरक्षागार्ड पक्राउ
    अन्तर्राष्ट्रिय

    ओडिसामा भैरहवाकी प्रकृतिको मृत्यु प्रकरण : नेपाली विद्यार्थीलाई कुट्ने दुई सुरक्षागार्ड पक्राउ

    विश्वविद्यालयका कर्मचारीहरु बर्खास्त र निलम्बन
    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ फाल्गुन ६, मंगलवार १२:५६ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, ६ फागुन । भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्यनरत भैरहवाकी प्रकृति लम्सालको मृत्यु भएपछि नेपाली विद्यार्थीहरुलाई कुटपिट गर्ने दुई जना सुरक्षा गार्ड (कर्मचारी) लाई प्रहरीले पक्राउ गरेको छ ।

    अखिल भारतीय विद्यार्थी परिषद्को आरोपपछि इन्फोसिटी प्रहरीले नेपाली विद्यार्थीलाई कुटपिट गरेको आरोपमा दुई जना सुरक्षा गार्डलाई नियन्त्रणमा लिएको ओडिसा टिभीको अनलाइन संस्करणले जनाएको छ । विद्यार्थीलाई कुटपिट गरेको भीडियो प्रमाण बावजुद संग्लन सुरक्षागार्डको पहिचान गोप्य राखिएको बताइएको छ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    केआईआईटीमा बीआइटी तेस्रो वर्षमा अध्यनरत प्रकृतिको आइतबार मृत अवस्थामा शव फेला परेको थियो । भुवनेश्वर स्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा मंगलबार (आज) शवको पोष्टमार्टम गरिने बताइएको छ । घटनापछि कलेज प्रशासनलाई नेपाली विद्यार्थीहरुलाई कुटपिट गर्दै कलेज छाड्न दवाव दिएको थियो । जसकारण उनीहरुले कलेज छाड्दा रेल र बस स्टेशनमा अलपत्र परेका थिए । त्यसपछि कलेज प्रशासनले विद्यार्थीहरुलाई फर्किने अपिल गरेको छ । तर, विद्यार्थीहरुले घटनासँग सम्बन्धित आठ बुँदे शर्त राखेका छन् ।

    यता केआईआईटीले विज्ञप्ति जारी गर्दै दुईजना सुरक्षा कर्मचारीलाई बर्खास्त गरेको, दुई जना वरिष्ठ होस्टेल अधिकारी र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) का एक जना वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धानका लागि निलम्बन गरिएको जानकारी गराएको छ ।

    ‘दुई सुरक्षा कर्मचारीलाई तुरुन्तै बर्खास्त गरिएको छ,’ कलेजले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुई वरिष्ठ होस्टेल अधिकारीहरु र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धानको लागि निलम्बन गरिएको छ ।’

    घटनाको अनुसन्धान र शान्ति सुरक्षा कायम गर्न विश्वविद्यालयमा ठुला संख्यामा प्रहरी बल तैनाथ गरिएको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    ओडिसा केआईआईटी भारत भारतीय प्रहरी भैरहवा
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.