


मनाङ, १३ चैत। सशस्त्र प्रहरी बल नेपालले उच्च भूभाग खोज तथा उद्धार तालिम संचालन गरेको छ। पर्वतीय उद्दार तालिम शिक्षालय मनाङमा सुरु भएको तालिम ६ हप्ता सम्म संचालन हुने बताइएको छ।
हिमाली भेगमा हुने घटना तथा दुर्घटनामा खोज-उद्धारमा सहजताका लागि तालिम संचालन गरिएको सशस्त्र प्रहरी बल नेपाल पर्वतिय उद्दार तालिम शिक्षालय मनाङले जनाएको छ। तालिममा सशस्त्र प्रहरी इन्सपेक्टर देखि जवानसम्म ४५ जना प्रशिक्षार्थीहरु सहभागी छन् ।


तालिममा प्रशिक्षार्थीहरुलाई उच्च भूभागमा विपद् उद्धारको समयमा यसको प्रयोग, अँध्यारो गुफा, गहिरो खोँचबाट उद्धारको तरिका लगायतकाको बारेमा ज्ञान दिइनेछ।

हाई अल्टिच्युडमा गरिने यस्ता तालिमले हिमाली भेगमा हुने घटना तथा दुर्घटनामा रेस्क्यु गर्न सहजता हुनेछ। यस अघि गत जेठ ३ गते तालिम शिक्षालय मनाङमा रोप रेस्क्यु तालिम संचालन गरिएको थियो।
०७६ सालमा स्थापना भएको सशस्त्र प्रहरी बल नेपालको पर्वतीय उद्धार तालिम शिक्षालय मनाङ समुन्द्री सतहबाट ३ हजार ४२० मिटरको उचाइमा रहेको छ।




तस्विर स्रोत : सशस्त्र प्रहरी बल, नेपाल।

