


भैरहवा, १४ चैत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रुपन्देहीमा घुससहित एक जना प्रहरीलाई पक्राउ गरेको छ।
भन्सार छलेर सामग्री ल्याउन सहजीकरण गरिदिने भन्दै ३० हजार रुपैयाँ घुस लिएको अवस्थामा प्रहरी चौकी हाटी बनगाईमा कार्यरत प्रहरी नायब निरीक्षक खिम बहादुर खड्कालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जनाए।

अख्तियारले उनलाई रकमसहित जिल्लाको मायादेवी गाउँपालिका वडा नं.६ बाट पक्राउ गरेको जनाएको छ।
कमेन्ट गर्नुस्

