


काठमाडौं,१५चैत। जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वर-तीनकुने क्षेत्रमा कर्फ्युको समय थप गरेको छ। राजावादीको प्रर्दशनका कारण अशान्त भएको क्षेत्रमा यसअघि साँझ साढे चार बजे देखि राति १० बजेसम्मका लागि कर्फ्युको आदेश जारी भएको थियो।
अशान्त भएको क्षेत्रको अवस्थालाई मध्यनजर गर्दै कर्फ्युको आदेश शनिवार विहान ७ बजेसम्मका लागि थप गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए।

आदेश अनुसार गौशाला एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कर्फ्यु जारी गरिएको छ।

