


काठमाडौं,१९चैत।। संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले १६६ जना बन्दी रहेका नेपाली नागरिकलाई आममाफी दिएको छ ।
पवित्र महिना रमादान एवं ईद पर्वका अवसरमा यूएई सरकारले बन्दी बनाइएका १६६ जना नेपालीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाली बन्दीलाई आममाफी दिएकोमा यूएई सरकारप्रति मन्त्रालयले कृतज्ञता ज्ञापन गरेको छ ।

मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै युएई सरकारको उक्त कदम हार्दिकतापूर्ण द्विपक्षीय सम्बन्धको नमूना भएको जनाएको छ। अबुधाबीस्थित नेपाली दूतावासको अनुरोधमा युएई सरकारले उनीहरुलाई आममाफी दिएको हो ।

