Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » भैरहवाबाट अन्तर्राष्ट्रिय उडान रोकिदा आन्दोलनको घोषणा
    अर्थ

    भैरहवाबाट अन्तर्राष्ट्रिय उडान रोकिदा आन्दोलनको घोषणा

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ चैत्र २७, बुधबार १६:२६ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, २७ चैत। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान रोकिदा स्थानीय संघसंस्थाद्वारा आन्दोलनको घोषणा गरिएको छ।

    बुधवार भैरहवाको सिद्धार्थ उद्योग वाणिज्य संघ, उद्योग व्यापार संगठन, र सिद्धार्थ सञ्जाल रुपन्देहीले पत्रकार सम्मेलनको आयोजना गरी अन्तर्राष्ट्रिय उडानको माग गर्दै संयुक्त रुपमा चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन्।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    पछिल्लो समयमा विमानस्थलबाट नेपाल एयरलाईन्सले मात्र सातामा एउटा मलेसिया (क्वालालम्पुर)–भैरहवा–काठमाडौं उडान गर्दै आएको छ। यस अघि थाईल्याण्डको थाई एयर एशियाको, यूएईको फ्लाई दुबई र कुवेतको जजिरा एयरवेजले गर्दै आएको उडान रोकेका छन्।

    विमानस्थल कार्यालयका अनुसार उडान रोकेको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नियमित उडानका लागि गर्मीयामको उडान तालिका पेश गरेका छैनन्। गत एप्रिल १ तारिखबाट यी तीन वायुसेवा कम्पनीहरुले विमानस्थलबाट उडान सेवा बन्द गरेका हुन्। विमानस्थलबाट ‘टच डाउन फ्लाईट’ गर्दै आएको कतार एयरवेज पनि यस अघि नै आफ्नो उडान बन्द गरिसकेको छ।

    विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि यहाँका उद्योग, व्यवसायी, संघसंस्थाले सरकारलाई निरन्तर आग्रह र दवाव दिदैं आएका थिए। जसक्रममा सरकारका मन्त्री, सांसदहरुले अन्तर्राष्ट्रिय उडान नियमित हुने बताउँदै आएपनि एकाएक नियमित उडान गर्दै आएको थाई एयर एशिया, फ्लाई दुबई र जजिरा एयरवेजले उडान रोकेपछि स्थानीय संघसंस्थाले आन्दोलनमा उत्रिने घोषणा गरेका हुन्।

    उनीहरुले विमानस्थल अगाडि धर्ना दिने देखि लिएर मन्त्री, कर्मचारी (सम्बन्धित मन्त्रालय) लाई विमानस्थल प्रवेश निषेध गर्ने सम्मका चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। साथै, विभिन्न १५ बुँदेका विषयहरु समेत सार्वजनिक गरी कार्यान्वयनको माग गरिएको छ ।

    आन्दोलनका लागि गठित संयुक्त संघर्ष समितिका अनुसार पहिलो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत जिल्लामा रहेका राजनीतिक दलका प्रतिनिधि, संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुसँग छलफल गरी प्रतिवद्धता लिइने छ। यस्तै, सम्बन्धित एयरलाइन्सका प्रमुखसँग छलफल गर्ने, सम्पूर्ण संघसंस्था, सर्वसाधारण, जनप्रतिनिधि लगायत हजारौंको संख्याको उपस्थितीमा विमानस्थल अगाडी अल्टिमेटम दिँदै शान्तिपूर्ण विरोध प्रशर्दन गर्ने कार्यतालिका छ।

    ‘विमानस्थलको निर्माणको क्रममा सरकारले यस क्षेत्रमा लगानीका लागि व्यवसायीहरुलाई हौसाएको थियों । जस अनुसार व्यवसायीहरुले यहाँ अर्बौ लगानी गरे’,सिद्धार्थ संजाल रुपन्देहीका अध्यक्ष एवं संघर्ष समितिका संयोजक अनिल ज्ञवालीले भने, ‘तर, विमानस्थल निर्माणपश्चात सरकारले पूर्णसंचालनमा वास्ता गरेको देखिएन । जसकारण यहाँ गरिएको लगानी डुब्ने जोखिममा छ, डुबिसक्यो भन्दा पनि हुन्छ ।’

    उनले पहिलो चरणको आन्दोलनबाट माग सम्बोधन नभए दोस्रो चरणको आन्दोलन अन्र्तगत विमानस्थलको गेट अगाडि नियमित धर्ना तथा विरोध सभा गर्ने र सम्बन्धित मन्त्रालयका मन्त्री, कर्मचारीहरुलाई विमानस्थल प्रवेश निषेध गर्दै कालो झण्डा देखाउने लगायत कार्यक्रम रहेको बताए । यति गर्दा समेत नभए तेस्रो चरण आन्दोलन घोषणा गरिने उनको भनाई छ ।

    सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई डाइभर्सनको रुपमा सरह मात्र प्रयोग गरिएको असन्तुष्टि जनाए । उनले अबको आन्दोलनलाई निर्णायक बनाउने गरी अघि बढ्ने भन्दै लुम्बिनी प्रदेशको अन्य जिल्लाहरुका निजी क्षेत्रसँग सहकार्य गरी संयुक्त आन्दोलन गरिने बताए ।

    उद्योग व्यापार संगठन, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष सचिन रोक्काले विमानस्थल पूर्ण रुपमा संचालन आउन नसक्नुमा दुर्भाग्यपूर्ण रहेको भन्दै सरकारले गरेको प्रतिवद्धता पुरा नगर्दा आन्दोलन गर्नुपर्ने बाध्यता रहेको बताए ।

    नेपाल एशोसिएशन अफ टुर एण्ट ट्राभल एजेन्ट्स (नाट्टा) लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रबहादुर थापाले एउटा विमान कम्पनी बाहेक अन्यले यहाँबाट यात्रु पाउँदा समेत उडान रोकिदा अन्तर्राष्ट्रिय उडानको अनिश्चितताले चिन्ता बढाएको बताए । उनले अन्तर्राष्ट्रिय उडानको सुनिश्चितता नहुँदा व्यवसायी लगानी गर्नबाट पछााडी हटिरहेको भन्दै सम्भावना विना कोही लगानी गर्न इच्छुक नहुने उनको भनाई छ ।

    सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव कृष्णप्रसाद घिमिरेले सरकार मन्त्री देखि प्रधानमन्त्रीले पूर्णक्षमता विमानस्थल संचालन हुने भाषण गर्दै आएपनि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले उडान रोक्दा सरकारले पूर्णक्षमतामा संचालनका लागि इच्छा नदेखाएको देखिएको बताए । निजी क्षेत्र चरम निरासामा हुँदा समेत सरकारले बेवास्ता गर्नु आश्चर्यजनक रहेको भन्दै अब निर्णायक आन्दोलन हुने उनले बताए ।

    र, यो पनि पढ्नुस्:

    भैरहवाबाट अन्तर्राष्ट्रिय उडान रोकिदा बढ्यो असन्तुष्टि

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    उद्योग व्यापार संगठन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा अन्तराष्ट्रिय विमानस्थल भैरहवा विमानस्थल विमानस्थल आन्दोलन सिद्धार्थ उद्योग वाणिज्य संघ सिद्धार्थ सञ्जाल रुपन्देही
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.