


काठमाडौं,३१चैच। हमासको नियन्त्रणमा रहेको नेपाली नागरिक विपिन जोशीको सकुशल रिहाईका निम्ति सहजीकरणका लागि कतारलाई आग्रह गरिएको छ।
कतारका लागि नेपालका राजदूत रमेशचन्द्र पौडेलले आइतबार कतारको परराष्ट्र मन्त्रालयका महासचिव अहमद बिन हसन अल हमादीसँगको भेटमा बन्धक बनाइएका जोशीको रिहाइका लागि सहजीकरण गरिदिन आग्रह गरेका हुन्।

दोहास्थित नेपालको राजदूतावासका अनुसार उनीहरुबीच गत वर्ष कतारी अमिरको नेपाल भ्रमणका क्रममा भएका सहमति एवं समझदारीको कार्यान्वयनमा जोड दिँदै द्विदेशीय श्रम सम्झौता नवीकरणबारे विचारविमर्श भएको थियो।
महासचिव हमादीले जोशीको रिहाइका निम्ति प्रयत्न गर्न तथा श्रम सम्झौता नवीकरण गर्न कतार सकारात्मक रहेको बताएका थिए ।

