


काठमाडौं,१२बैशाख। सशस्त्र प्रहरी बल नेपालका का ११ जना डीआईजीहरुको सरुवा भएको छ।
गृह मन्त्रालयले ६ प्रदेशका प्रमुख अदलबदल गर्दै सरुवा गरेको हो। डीआईजी कुमार न्यौपाने कोशी प्रदेशको बराह बाहिनीमा, कृष्ण ढकाल मधेस प्रदेशको छिन्नमस्ता बाहिनी, अन्जनी पोखरेल बागमती प्रदेशको गढिमाई बाहिनी, दिपेन्द्र साह गण्डकी प्रदेशको मुक्तीनाथ बाहिनी र दिपेन्द्र कुँवर लुम्बिनी प्रदेशको विन्दाबासिनी बाहिनीमा सरुवा भएका छन् ।

कर्णाली प्रदेशका प्रमुख विष्णु भट्ट हाल कंगो मिसनमा रहेकाले सरुवा गरिएको छैन। सदूरपश्चिमको वैद्यनाथ बाहिनीमा प्रदीप पाल सरुवा भएका छन्। यसअघि बराह बाहिनीमा रहेका शम्भु सुवेदीलाई स्टाफ कलेजमा सरुवा ल्याइएको छ। छिन्नमस्ता बाहिनीबाट कालिदास धौवजी प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका छन्।
गढिमाई बाहिनीबाट सरुवा भएका गणेश ठाडा मगरलाई कार्यविभागमा, मुक्तिनाथ बाहिनीबाट कुलबहादुर नेम्वाङलाई मानवस्रोत विभागमा र विन्दाबासिनी बाहिनीबाट प्रदिपपाल वैद्यनाथ बाहिनीमा सरुवा गरिएको छ। वैद्यनाथ बाहिनीमा कार्यरत दीपक अधिकारीलाई पनि मानवस्रोतमा सरुवा गरिएको छ।

