
काठमाडौं,२० जेठ। भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि रोयल च्यालेन्जर्स बेंगलुरु र पञ्जाब किङ्स फाइनलमा फिल्डमा उत्रिदैछन्।
अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा आज बेलुका पौने ८ बजेदेखि खेल सुरु हुनेछ।



पहिलो क्वालिफायरमा पञ्जाबलाई पराजित गर्दै बेंगलुरुले फाइनल खेल सुरक्षित गरेको थियो। पराजित पञ्जाबले दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई हराएर फाइनलमा यात्रा तय गरेको थियो।
लिग चरणमा समान खेलबाट समान नतिजा र अंक बटुलेका यी दुई टोलीबीच नेट रनरेटको मात्र फरक रहँदा पञ्जाब शीर्षमा फिनिस गरेको थियो भने बेंगलुरु दोस्रोमा रहेको थियो
आईपीएलमा हालसम्म यी दुई टोलीबीच ३६ खेल भएको छ जसमा दुवै टोलीले १८-१८ खेल जितेका छन्। पछिल्ला ६ खेलमा भने बेंगलुरुसँग ५-१ को अग्रता छ ।
यस सिजन यी दुई टोली लिग चरणमा २ पटक र प्लेअफमा एकपटक खेलिसकेका छन् । जसमा बेंगलुरुले २ खेल जित्दा पञ्जाबले १ खेल जितेको छ ।