


काठमाडौं,३असार। सशस्त्र प्रहरीका गणेशबहादुर ठाडा मगरलाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गरिएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिको सिफारिस अनुसार ठाडा मगरलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो।

गत जेठ १५ गते गृह मन्त्रालयले ठाडा मगरको नाम बढुवाका लागि सिफारिस गरेको थियो। बढुवाको प्रतिस्पर्धामा रहेका आधा दर्जनभन्दा बढी डीआईजीहरुलाई पछि पार्दै ठाडा मगर दोस्रो नम्बरबाट सिफारिस भएका थिए।
कमेन्ट गर्नुस्

