


झापा,११असार। झापामा दुई दिनदेखि बेपत्ता रहेको एक बालकको शव फेला परेको छ। प्रहरीका अनुसार कमल गाउँपालिका–१ का १२ वर्षीय बालक सुसान शेर्पाको गत असार ८ गतेदेखि बेपत्ता भएका थिए।
जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रबहादुर खड्काका अनुसार शव खोलाले बगाएर ल्याएको अवस्थामा इलाका प्रहरी कार्यालय तोपगाछीमा सूचना प्राप्त भएको थियो। घटनास्थलमा पुगेको प्रहरी टोलीले शवको पहिचान सुसान शेर्पाका रुपमा पुष्टि गरेको हो।

घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुस्

