


काठमाडौं,३२असार। संयुक्त अरब इमिरेट्स (युएई) सरकारले एक सय बीस जना नेपाली नागरिकहरुलाई आममाफी दिएको छ।
इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ईद अल-अदाहको अवसरमा विभिन्न कसुरमा युएई (दुबई) को जेलमा रहेका एक सय बीस जना नेपाली नागरिकहरुलाई आममाफी दिएको युएईस्थित नेपाली राजदूतावासले जनाएको छ।

राजदूतावासका अनुसार उनीहरुको बाँकी सजाय अवधि मिनाहा गरी आममाफी दिइएको छ। दूतावासले विज्ञप्ति जारी गरेर युएई सरकारलाई धन्यवाद दिएको छ।
हेर्नुहोस् विज्ञप्तिः

कमेन्ट गर्नुस्

