


भैरहवा, १६ साउन। जिल्ला अदालत रुपन्देहीले मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष अशोक केसीलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ (भैरहवा) स्थित रहेको सहकारीका अध्यक्ष केसी समेतले शेयरधनी तथा बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार बढी रुपैयाँ ठगी गरेको आरोप छ।

जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले पूर्पक्षको बहसपछि शुक्रवार अध्यक्ष केसीलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्रीले बताए ।
प्रहरीले फरार रहेका अध्यक्ष केसीलाई बुधवार भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरबाट पक्राउ गरी अदालतमा पेश गरेको थियो।
रुपन्देही सिद्धार्थनगर नगरपालिकाका धनमन थारु समेतको जाहेरीले रुपन्देही प्रहरीले जिल्ला सरकारी वकिल मार्फत २३ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो।
जसमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका ४ जना, तिलोत्तमा नगरपालिकाका ९ जना, सियारी गाउँपालिकाका एक जना, रामेछापका दुई जना र दोलखा, धनकुटा, तनहुँ, भक्तपुर, गुल्मी, काभ्रेपलान्चोक, चितवनका एक/एक जना प्रतिवादी छन्।
र, यो पनि
भैरहवाको मार्गदर्शन सहकारीका फरार अध्यक्ष भक्तपुरबाट समातिए (प्रतिवादीहरुको सूचीसहित)
मार्गदर्शन सहकारी ठगी प्रकरण : रामहरी सिलवाल पनि पक्राउ

