
काठमाडौं,३ असोज । पुँजीबजारको समस्या पहिचान गरी सुधारका लागि सुझाव दिने गरी कार्यदल गठन गरिएको छ ।
पुँजी बजारमा विकसित विसंगति तथा समस्याको अध्ययन गरी तत्काल आम लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारका लागि सुझाव र ठोस कार्यान्वयन कार्ययोजना निर्माण गर्न कार्यदल गठन गरिएको हो।
Advertisement

Advertisement
Advertisement

कार्यदलले ५ दिनभित्र कार्ययोजना प्रस्तुत गर्नुपर्ने छ। धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा गठन भएको कार्यदलको सदस्यमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेञ्जका कामु कार्यकारी निर्देशक निरन्जन फूयाँल र सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव टंक प्रसाद पाण्डेय रहेका छन्।

